क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार, कस्टमर सपोर्ट सहज बनाउने उद्धेश्य

Technology Khabar १० फाल्गुन २०७७, सोमबार

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार, कस्टमर सपोर्ट सहज बनाउने उद्धेश्य
Classic Tech

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ ।

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिई रहेको छ र यसै ठाउँहरुको भित्री सानो/सानो ठाउँमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको हो।

क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ, कस्टमर सपोर्ट र मार्केटिङ्ग गरेर २५ जना स्टाफ राखिएको जानकारी दिएको छ।

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट भएकोमा लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा बनाएको छ ।

कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

‘कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र एफटिटिएचको माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा छौं,’ कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले भने।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केहि महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र रु ७९९ प्रति महिनामा उपलब्ध गराईरहेको छ यसैगरि १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज
गर्दा ३० प्रतिशत सम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरिरहेको छ ।

यसैगरि आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

Loading...