प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय

Technology Khabar १० फाल्गुन २०७७, सोमबार

प्रविधिमैत्री बन्दै सामुदायिक विद्यालय
सांकेतिक
Classic Tech

दाङका सामुदायिक विद्यालयहरू प्रविधिमैत्री बन्दै गइरहेका छन् । नेपाल सरकारको आईसीटी कार्यक्रमअन्तर्गत जिल्लाका सामुदायिक विद्यालयहरू प्रविधिमैत्री बन्दै गएका हुन् ।

जिल्लाको घोराही उपमहानगरपालिका धर्नास्थित महेन्द्र माध्यमिक विद्यालयले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षा सञ्चालन गरेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक ऋषि अधिकारीले नेपाल सरकारको आईसीटी कार्यक्रमअन्तर्गत प्रविधिमैत्री शिक्षा सञ्चालन गर्दै आएको जानकारी दिए ।

उनले भने, “हामीले कक्षा १ देखि नै प्रविधिमैत्री शिक्षालाई जोड दिँदै आएका छौँ । प्रविधिमैत्री शिक्षाले विद्यार्थीलाई पढाइतर्फ आकर्षित बनाउनुका साथै शैक्षिक सुधारमा सहयोग पुगेको छ । विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् ।”

लामो प्रयासपछि विद्यालयलाई प्रविधिमैत्री बनाउने प्रयास सफल भएको भन्दै प्रधानाध्यापक अधिकारीले अझै केही सामग्री अभाव रहेको जानकारी दिए ।

“विद्यालयलाई प्रविधिमैत्री बनाउन हामीले गरेको प्रयत्न सफल भएको छ । लामो समयपछि हामी यो कार्यमा सफल भएका छौँ,’ प्रधानाध्यापक अधिकारीले भने, “आईसीटी कार्यक्रमअन्तर्गत हामीलाई २५ वटा कम्प्युटर उपलब्ध भएका छन् । इन्टरनेटको समस्या छ, यो पनि समाधान गर्दै छौं ।” गोरखापत्रबाट

TK Viber

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार

Loading...