सम्झौता गर्न नआए इन्टरनेटको तार र उपकरण हटाईदिने विद्युत प्राधिकरणको चेतावनी

Technology Khabar १० फाल्गुन २०७७, सोमबार

सम्झौता गर्न नआए इन्टरनेटको तार र उपकरण हटाईदिने विद्युत प्राधिकरणको चेतावनी
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय पोलको भाडा नतिरेमा इन्टरनेट सेवाका लागि राखिएको अप्टिकल फाइबरको तार काटिदिने चेतावनी दिएको छ।

प्राधिकरणले तार हटाईदिनुका साथै उपकरणहरु समेत निकाल्ने चेतावनी दिएको हो ।

विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी तथा ट्रान्समिसन टावरहरुमा जडित अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन/इन्टरनेट सेवा संचालन गर्ने सेवा प्रदायकहरुलाई भाडा रकम तिर्न र सम्झौता गर्न आउनका लागि आव्हान गरेको छ।

विद्युत प्राधिकरणले सम्झौता नगरी विद्युतीय संरचनाहरु प्रयोग गरिरहेको केहि सेवा प्रदायकहरुले विद्युतीय संरचना प्रयोग गरिरहेको भन्दै २०७७ भदौ १ गतेदेखि लागू हुनेगरि परिमार्जित भाडा दरअनुसार सम्झौता गर्न भन्दै नेपाल विद्युत प्राधिकरणबाट एडिएसएस अप्टिकल फाइबर केबुल सेवा सञ्चालन निर्देशिका, २०७३ अनुसार सम्झौता गर्न, नवीकरण गर्न र हालसम्मको बाँकी बक्यौता भुक्तानी गर्न भनेको हो ।

प्राधिकरणको संचालक समितिले २०७७ भदौ ५ गते निर्णय गरेर नयाँ भाडादर लागू गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणले दोब्बर बढायो अप्टिकल फाइबरको भाडा दर

यदि नयाँ सम्झौता नगरी आफ्ना विद्युतीय संरचनाहरुमा जडान गरेको अप्टिकल फाइबर तथा अन्य उपकरणहरु हटाई नियमानुसार कारबाही गर्ने चेतावनी दिएको छ।

यसरी काटिने तार र हटाईने उपकरण कार्यबाट आउने परिणामको जिम्मेबारी सम्बन्धित सेवा प्रदायकले नै लिनुपर्ने विद्युत प्राधिकरणले बताएको छ।

यसअघि नै प्राधिकरणले सेवा प्रदायकहरुलाई बढेको पोलको भाडादरसहित नयाँ सम्झौता गर्नका लागि पत्र पठाएको थियो । सो बढेको पोलको भाडा निकै महँगो भएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले विरोध गर्दै आएका छन् ।

विद्युत प्राधिकरणले भाडादर नघटाए इन्टरनेट सेवाको शुल्क बढ्नसक्ने आइस्पानको चेतावनी

यो पनि हेर्नुस्-

‘स्मार्ट’ बन्दै नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यकामा स्मार्ट मिटर जडान शुरु

easy care

प्रकाशित: १० फाल्गुन २०७७, सोमबार