मोबाइल फोनपछि शाओमी अब इलेक्ट्रिक कार बजारमा पस्ने योजनामा

Technology Khabar ९ फाल्गुन २०७७, आईतवार

मोबाइल फोनपछि शाओमी अब इलेक्ट्रिक कार बजारमा पस्ने योजनामा
Classic Tech

शाओमी इलेक्ट्रिक कार बजारमा प्रवेश गर्ने योजनामा ​​छ। चिनियाँ मिडियाले कम्पनीले आफ्नै इलेक्ट्रिक कार बनाउने प्रक्रियामा रहेको दाबी गर्दै धेरै स्रोतहरूसहित रिपोर्ट प्रकाशित गरेको छ।

यद्यपि शाओमीले यसको बारेमा कुनै आधारभूत जानकारी साझा गरेको छैन।

जानकारी रहोस् शाओमीले लामो समयदेखि इलेक्ट्रिक कारहरू बनाउनको लागि रुचि राखेको छ। २०१३ मा कम्पनीका संस्थापक लेई जुनले टेस्ला कम्पनीको मालिक एलोन मस्कलाई भेटेका थिए।

यति मात्र होइन, शाओमीले २०१९ मा चिनियाँ इलेक्ट्रिक कार स्टार्टअप एक्सपेंगमा पनि आफ्नो इलेक्ट्रिक कार प्रोजेक्टको लागि लगानी गरेको छ र यस परियोजनाको लागि कम्पनीको आफ्नै आन्तरिक रणनीति टोली पनि छ।

चिनियाँ टेक्नोलोजी ब्लगर लेटपोस्टले हालै शाओमीले कार निर्माण गर्ने योजना गरिरहेको बताएका छन्। यो पहिलो पटक आएको भने होईन्।

यसभन्दा अघि पनि यस्तो खबर आएको थियो कि शाओमीले कार बजारमा प्रवेश गर्ने योजना बनाइरहेको छ।

अहिले फेरी लेटपोस्टको रिपोर्टले थुप्रै स्रोतलाई उद्धृत गर्दै भनेको छ कि शाओमीले इलेक्ट्रिक कार निर्माण गर्ने योजना बनाएको छ, तर यसका लागि अहिले कुनै खास रणनीति तय गरिएको छैन। यस मामलासँग परिचित व्यक्तिले ब्लगिंग साइटलाई भनेको छ कि शाओमीको यो कार परियोजना शाओमी समूहका संस्थापक लेई जुन आफैंले नेतृत्व गर्न सक्छ।

उक्त प्रतिवेदनमा थप भनिएको छ कि २०१३ मा, लेई जुन दुई पटक अमेरिकाको टेस्लाका सीईओ एलोन मस्कसँग भेट गर्न गएका थिए र अब यस क्षेत्रमा उनको रुचि बढेको जस्तो देखिन्छ। स्मार्टफोन बजारले अब स्थिरता देखाइरहेको छ र विद्युतीय सवारीको प्रचलन छिटो बढिरहेको छ।

त्यसकारण कम्पनीले विद्युतीय कार बजारमा क्रान्ति सिर्जना गर्ने लक्ष्य राखरेर काम गरिरहेको छ । धेरै लीक रिपोर्टहरूले समेत शाओमीले लामो समयदेखि इलेक्ट्रिक कार बजारमा प्रवेश गर्ने प्रयासमा रहेको उल्लेख गरेका छन् । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार

Loading...