शाओमीको फ्ल्यागशिप फोन एमआई ११ को ग्लोबल बिक्री फेब्रुअरी २५ देखि सुरु

Technology Khabar ८ फाल्गुन २०७७, शनिबार

शाओमीको फ्ल्यागशिप फोन एमआई ११ को ग्लोबल बिक्री फेब्रुअरी २५ देखि सुरु

काठमाडौं ।

चिनियाँ बजारमा गत वर्षको डिसेम्बरमा मूल रूपमा घोषणा गरिएको र त्यसपछि यसै महिनाको सुरूमा विश्वव्यापी रूपमा सार्वजनिक भएको शाओमीको एमआई ११ फ्ल्यागशिप अर्को हप्तादेखि एसियाली देशहरूको पहिलो लहरमा बिक्री हुनेछ।

यो एमआई ११ फोन सबैभन्दा पहिले सिंगापुर, मलेसिया, फिलिपिन्स, थाईल्याण्ड र भियतनाममा बिक्री शुरु हुनेछ । यी देशका शाओमीको फेसबुक पेजहरूबाट पुष्टि भयो कि पहिलो बिक्री फेब्रुअरी २५ देखि सुरु हुनेछ।

प्रत्येक देशको फेसबुक पेजमा कम्पनीले एक अनलाइन कन्फ्रेन्स गर्नेछ जुन तपाईं ट्युन इन गर्न सक्नुहुन्छ र प्रत्यक्ष फलो गर्न सक्नुहुन्छ। एजेन्सीका साथ

easy care

प्रकाशित: ८ फाल्गुन २०७७, शनिबार