गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइड १२ को प्रिभ्यू सार्वजनिक

Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार

गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइड १२ को प्रिभ्यू सार्वजनिक

काठमाडौं ।

गुगलले आफ्नो आगामी एन्ड्रोइड १२ अपरेटिङ सिस्टमको पहिलो डेभलपर प्रिभ्यू सार्वजनिक गरेको छ । कम्पनीले विशेष गरी पर्फरमेन्सको वृद्धिमा ध्यान पुर्याउने बताएको छ भने यूजरइन्टरफेसलाई समेत सुधार र अपग्रेड गरिएको छ ।

त्यस्तै गुगलले सानो फाइलमा राम्रो ईमेज क्वालिटी दिनलाई भीआईएफको पनि प्रयोग गर्ने भएको छ । त्यसैगरी तल या छेउबाट स्वाइप गरेर होम स्क्रीनमा पुग्ने फिचर पनि गूगलले ल्याउने भएको छ।

प्रिभ्यूकाअनुसार गुगलले भिडियो कल गर्ने एपहरुलाई पनि नयाँ अपडेट प्रयोग गर्न दिनेछ जसको कारणले कुनै निश्चित रिङ्गटोनको मद्दतले कसले कल गरेको हो भनेर पनि थाहापाउन सकिन्छ ।

त्यस्तै प्रयोगकर्ताहरुले कस्टम रिङटोन पनि प्रयोग गर्न सक्ने बताइएको छ । नोटिफिकेसनहरुमा पनि कस्टम कन्टेन्ट तथा आइकनहरु हुनेछन् ।

कुनै अपडेट या बगहरुलाई सिस्टम अपडेट नकुरिकनै प्ले स्टोरको माध्यमले अपडेट गर्न सकिनेछ । यसमा रहेको फिचरहरु एन्ड्रोइड टिभीमा पनि काम लाग्ने गूगलको भनाइ छ ।

गुगलले आफ्नो एन्ड्रोइड १२ मा नयाँ गोपनीयता फिचर दिनेछ। जब कुनै एपले फोनको क्यामरा र माइक्रोफोन प्रयोग गर्दछ, प्रयोगकर्ताले नयाँ एन्ड्रोइड संस्करणमा स्टेटस बार इंडिकेटरमा अलर्ट पाउनेछ।

त्यस्तै गोपनियता र सुरक्षाको क्षेत्रमा पनि गूगलले अपडेट ल्याउने भएको छ । यो विशेष गरी पिक्सेल डिभाइसलाई केन्द्रित गरेर बनाइएको हो । पिक्सेल डिभाइस नहुनेले एन्ड्रोइड स्टुडियोमा एन्ड्रोइड इम्युलेटर पनि प्रयोग गर्न सक्नेछन् ।

यी स्टेटस बार इंडिकेटर आइकनमा ट्याप गरेपछि एक पपअप स्क्रिनको माथि भागमा देखा पर्न सक्छ, जसले तपाईंलाई कुन एपले फोनको क्यामरा वा माइक्रोफोन प्रयोग गरिरहेको भनेर बताउँछ।

एन्ड्रोइड १२को पहिलो प्रिभ्यू हाल गुगलकै आफ्ना फोनहरु पिक्सेल ३ पिक्सेल  ३एक्सएल पिक्सेल ४ पिक्सेल ४ एक्सएल पिक्सेल ४ए पिक्सेल ४ए फाइभजी पिक्सेल ५ लगायत डिभाइसमा उपलब्ध हुनेछ ।

easy care

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार