सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ

Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार

सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ

काठमाडौं ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमकाबिच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरेका हुन् ।

यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशत सम्म बीमा कभर प्रदान गर्नेछ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ । अन्ततः बीमितको उमेर ८३ पुरा भइ ८४मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बीमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।

‘सूर्या चौरासी पुजा’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जोशीले सूर्या लाइफ इन्स्योरेन्सले यो योजनाको शुभारम्भ गरेकोमा खुशी व्यक्त गदै सफलताको शुभकामना दिएका छन् ।

साथै उनले आगामी दिनमा यस योजनाले बृद्ध, बृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफु विश्वस्त रहेको बताए ।

यस्तै कार्यक्रममा सूर्या लाइफ इन्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत कम्पनीका सिओ कमल कुमार खतिवडाले स्वागत गर्नुका साथै ‘सूर्या चौरासी पुजा ’नामक नयाँ बीमा योजनाका बारेमा प्रकाश पारे ।

यस्तै कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजना करिब ५ वर्षदेखि सन्चालनमा रहेको र दुई वर्षपछि मात्रै यसमा केहि परिवर्तन आएको बताए ।

Global Bank
easy care

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार