Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार
सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्टको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना भएको छ ।
‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई अगाडि बढाएको बैंकले यस योजना अन्तर्गत बैंकको सनराइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा रु १०० क्यास व्याक प्रदान गर्ने जनाएको छ ।
यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहनेछ ।
कोभिड-१९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ।
डेबिट र क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले बिभिन्न नबिनतम् सेवा सुबिधा ल्याउँदै आएको जनाएको छ ।
प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार