नेपाल बंगलादेश बैंकको क्युआर कोड भुक्तानी सेवा चावहिल तरकारी बजारमा

Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार

नेपाल बंगलादेश बैंकको क्युआर कोड भुक्तानी सेवा चावहिल तरकारी बजारमा
Classic Tech

नेपाल बंगलादेश बैंकले क्युआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोड मार्फत कारोबार सुरु गरेको हो ।

कारोबारको औपचारिक समुद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सो एरियाका व्यापारी वर्गलाई क्युआर कोड वितरण गरेका थिए । सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरिद गरीक्यू आर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए ।

कार्यक्रमा शिवाकोटीले पहिले चेक, मोबाइल एसएमएस, मोबाइल बैंकिङ र अहिले क्युआर कोडमार्फत नगदरहित कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यले यसको सुचारु भएको बताए ।

बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले कोरोनाको समय अन्य नभएकोले पैसा हातको प्रयोग नहुने र क्युआर कोडमार्फत छिटो छरितो तरिकाले प्रयोग गर्ने सकिने भएकोले सो स्थानमा शुरुवात गरेको बताए ।

बैंकले ग्राहक तथा व्यापारी वर्गहरुको सुविधालाई ध्यानमा राखी निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।

TK Viber

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार

Loading...