ह्वावेले फाइभजी इनोभेसन टेलिकम बाहेकका अन्य ईन्डस्ट्रीहरूमा अन्वेषण गर्दै

Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार

ह्वावेले फाइभजी इनोभेसन टेलिकम बाहेकका अन्य ईन्डस्ट्रीहरूमा अन्वेषण गर्दै

काठमाडौं ।

ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले हालसालै चीनमा ग्लोबल मिडिया सँग गरेको अन्तर्वार्तामा कम्पनीले खानी, यातायात, र संगीत जस्ता क्षेत्रहरूमा औद्योगिक फाइभजी एपहरूमा नयाँ अवसरहरूको अन्वेषणको मार्ग खुलासा गरे । साथै उनले फाइभजी युगमा विविध उद्योगहरूको लागि आधारभूत प्लेटफार्महरू प्रदान गर्न यसको नवीनता र कोर व्यवसायमा ह्वावेको निरन्तर ध्यान केन्द्रित गर्ने कुरामा जोड दिए ।

आइसीटी समाधान प्रयोग गर्न ह्वावेको ध्यान केन्द्रित गरी लिगेसी उद्योगहरूलाई नवीनतम बनाउन सहयोग गर्दै रेन झेंगफेईले भने, “फाइभजी युगमा व्यवसायहरुलाई कनेक्ट गर्नु नै मुख्य लक्ष्य हो । विभिन्न उद्योगहरूको लागि फाइभजी एपहरू भिन्न छन्, तर प्रायः सबै प्रविधिहरू समान हुन् । त्यसैले हाम्रो मुख्य लक्ष्य विभिन्न उद्योगहरूमा इलेक्ट्रोनिक, सफ्टवेयर र कम्पिउटिङ्ग सिस्टमको प्रयोग बढाउनु हो । ”

यस विकासलाई गति दिन ह्वावेको पुरानो प्रतिबद्धता र आधारभूत अनुसन्धान र नवीनतामा लगानी आवश्यक हुनेछ । रेनका अनुसार, ह्वावेले विश्वभर १०० भन्दा बढी अनुसन्धान केन्द्रहरू र संयुक्त ल्याबहरू निर्माण गरेको छ, जुन गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, र सौंदर्यशास्त्रमा विशेषज्ञ छन्, जसमा स्मार्ट सिटी, अटोनोमस भेहिकल्, स्मार्ट शिक्षा, स्वास्थ्य सेवा, खानी आदिको बढ्दो इकोसिस्टमको लागि फाइभजी एपहरू र आईसीटी समाधानहरू विकास गरिरहेको छ ।

यी इनोभेशन ल्याबहरू ग्राहकहरु संग सह-साझेदार छन् जसले अन्तर्दृष्टि र विशेषज्ञता प्रदान गरी उनीहरूको सम्बन्धित उद्योगहरूको आवश्यकता अनुसार अनुसन्धान निर्देशित गर्छन, र इलेक्ट्रोनिक्स टेक्नोलोजीमा ह्वावेको विशेषज्ञताले यी उद्योगहरूको लागि उत्कृष्ट एप र सेवाहरू विकास गर्न मद्दत गर्दछ ।

उद्योगका ग्राहकहरु र साझेदारहरु संग संयुक्त सहयोग अन्तर्गत, ह्वावेले विश्वभरका शहरहरु जस्तै बर्लिन, सियोल, बैंकक र रियादमा फाइभजी नेटवर्क र डिजिटल कनेक्सन निर्माण गर्न मद्दत गरेको छ । यी नेटवर्कहरूले हाई-एंड उपकरणहरूको लागि निर्बाध कनेक्टिविटी र उच्चतम प्रदर्शनलाई सक्षम पारेर, उद्योगको अग्रणी क्षमताहरू प्रमाणित गरेका छन् ।

आज, अग्रणी वैश्विक आईसीटी समाधान प्रदायकको रूपमा, ह्वावेले बेस्ट इन क्लास उत्पादन तथा आफ्नो ग्राहकहरूलाई उत्तम समाधानहरू प्रदान गरिरहेको छ । ह्वावेले २००९ मा फाइभजी टेक्नोलोजीको अनुसन्धान शुरू गर्यो र २०१९ को अन्त सम्ममा २६,६०० स्ट्यान्डर्ड्को योगदान थ्रीजीपीपीमा पेश गरेको थियो ।

युरोपेली दूरसञ्चार मानक संस्थानका अनुसार कम्पनीले ४,३४८ महत्वपूर्ण फाइभजी पेटन्टहरुको फ्यामिलिको स्वामित्व पाएको छ, जुन कुल को २० प्रतिशतभन्दा बढी रहेको छ । यसले फाइभजी पेटन्टको मामलामा सबै भेन्डरहरुमा ह्वावेलाई पहिलो स्थानमा राख्दछ, तथा यसको अनुसन्धान र विकास को सम्भावनाहरु र विविध उद्योगहरुमा फाइभजीको नवीन अनुप्रयोगहरु को एक ठोस आधार निर्माण गर्दछ ।

easy care

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार