नासाले मङ्गल ग्रहमा पठाएको पर्सिभेरन्स रोभरको सफल अवतरण

Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार

नासाले मङ्गल ग्रहमा पठाएको पर्सिभेरन्स रोभरको सफल अवतरण
Classic Tech

अमेरिकी स्पेस एजेन्सी (नासा) को मङ्गल अभियान सफल भएको छ । शुक्रवार राति यस अभियानको पर्सिभेरन्स रोभरले मङ्गल ग्रहमा ल्याण्ड गरेको हो।

रोभर ल्याण्ड गरेपछि पहिलो तस्वीर समेत पठाएको थियो ।रोवरले नेपाली समय अनुसार शुक्रवार राति २ बजेर ४० मिनेटमा मङ्गल सतहमा अवतरण गरेको थियो ।

नासाको मिसन कन्ट्रोल केन्द्रमा रोभर ल्याण्ड भएसँगै खुशीयाली छाएको थियो । नयाँ रोभर मङ्गलमा ल्यान्डिङ गरेसँगै नासाको दस वर्षको मेहनत समेत सफल भएको हो ।

नासाको यस मङ्गल अभियानको उद्देश्य मङ्गल ग्रहमा जीवनको सम्भावना खोज्नु रहेको छ । पर्सिभरेन्स रोभरले मङ्गल ग्रहको अप्ठेरो स्थान जेजेरो क्रेटरमा अवतरण गरेको छ। रोभरले सो क्रेटरको बारेमा समेत जानकारी पठाउनेछ।

छ चक्के रोभरले अब कम्तिमा अर्को दुई बर्ष स्थानीय चट्टानहरुमा ड्रिलिंग गर्न समय खर्चनेछ र यसले विगतको जीवनको प्रमाणको खोजी गर्नेछ। सो रोभरमा एउटा सानो हेलिकप्टर समेत राखिएको छ।

अर्बौं बर्ष पहिले जेजेरो एउटा विशाल ताल भएको अनुमान छ। जहाँ पानी भएको र त्यहाँ जीवन पनि हुन सक्ने सम्भावना छ। वैज्ञानिकहरुका अनुसार मङ्गलको यस ठाउँमा मङ्गल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुकेर डेल्टामा परिणत भयो । वैज्ञानिकहरुलाई विश्वास छ, यस डेल्टाका वरिपरी जीवनका जीवाश्म भेटिन सकिन्छ।

नासाको यो अभियान निकै चुनौतीपूर्ण थियो । पहिलो, नासाले यस अभियानको रोभर अवतरणका लागि विकट स्थान जेजेरो क्रेटरलाई अवततरणस्थल बनाएको थियो र दोस्रो, यसपटकको रोभरको भार एक टनभन्दा बढी रहेको थियो।

रोभरले मङ्गलबाट पृथ्वीस्थित नियन्त्रण कक्षलाई अनेक किसिमका जानकारी पठाउनेछ । यसले पठाएका सन्देश-फोटोलाई पृथ्वीमा आइपुग्न झण्डै ११ प्लस मिनेटको समय लाग्नेछ।

रोभरले आफुसँग रहेको एउटा ड्रोन हेलिकप्टरलाई पनि मङ्गलको सतहबाट आकाशमा उडाउने काम गर्नेछ । हेलिकप्टरले उडेर माथि आकाशबाट मङ्गल ग्रहका तस्वीर लिनुका साथै अनेको अन्य महत्त्वपूर्ण जानकारी जुटाउने छ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार

Loading...