स्पेनमा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेसमा ५० हजार सहभागी हुने आयोजकको अपेक्षा

Technology Khabar ६ फाल्गुन २०७७, बिहीबार

स्पेनमा आयोजना हुने मोबाइल वर्ल्ड कंग्रेसमा ५० हजार सहभागी हुने आयोजकको अपेक्षा
Classic Tech

स्पेनको बार्सिलोनामा आयोजना हुने आगामी मोबाइल वर्ल्ड कंग्रेस (एमडब्लुसी) मानिसहरुको प्रत्यक्ष उपस्थितिसहित गर्ने भएको छ।

जीएसएम एसोसिएसनका सीईओ जसले वार्षिक एमडब्लुसी ट्रेडशोहरू आयोजना गर्दछ यस बर्ष व्यक्तिसहितको प्रदर्शनी आयोजना गर्न चाहेको मोबाइलवर्ल्डलाइभले रिपोर्ट गरेको छ।

जोन हफम्यान, जीएसएमए लिमिटेडका सीईओले प्रस्ताव गरेका छन कि यी कार्यक्रमहरुमा समाबेश गर्नाले ‘मान्छेहरुलाई थोरै आशा दिन्छ, भनौं कि कोविड १९ को प्रभावहरुबाट टाढा जाऔं र केही सामान्यमा फर्किनु पर्छ।’

जीएसएएमएका दुई कार्यक्रमहरू छन् जसमध्ये एउटा बार्सिलोनामा आयोजना हुने गर्दछ जुन सामान्यतया फेब्रुअरीमा हुन्छ र अर्को शांघाईमा आयोजना हुन्छ जुन ग्रीष्म याममा गर्ने गरिन्छ। तर गत वर्ष, जीएसएमएले एमडब्लुसी बार्सिलोना जून/जुलाई महिनाका लागि पुनः शेड्यूल गरीने घोषणा गर्‍यो। यसै बीच एमडब्लुसी शंघाई अर्को हप्ता हुँदैछ ।

चीनमा, व्यापक परीक्षण र खोपले देशलाई सामान्यतया फिर्ता फर्कन मद्दत गरेको छ। होफम्यानले भनेका छन्, चीन एक ‘बबल’ भएको छ जुन ठाउँमा प्रतिबन्ध लगाईएका कारण प्रकोपबाट सुरक्षित छ।एमडब्लुसी शांघाईले २० हजार सहभागीहरूलाई स्वागत गर्ने अपेक्षा राखेको छ यसअघि सन् २०१९ मा यस्तो सहभागीता ६० हजार थियो।

अर्को तर्फ बार्सिलोना कार्यक्रमको लागी भने सहभागी जनाउनेहरुले ७२ घण्टा भित्र  कोविड १९ को परीक्षण रिपोर्ट प्रस्तुत गर्नुपर्छ। यो सुबिधा परीक्षण स्थलमा पनि उपलब्ध हुने बताईएकोछ। जीएसएमएले यसको लागि ‘टचलेस’ वातावरण’ कार्यान्वयन गर्दैछ जसले शोमा जानेहरूलाई कसैको सम्पर्क बिना नै दर्ता गर्न अनुमति दिन्छ।

सामान्ययता १० लाख सहभागी हुने कार्यक्रममा यस पटक बार्सिलोना कार्यक्रममा होफम्यानले व्यक्तिगत उपस्थिति ५० हजार हाराहारी हुने अपेक्षा गरिरहेका छन्।

तर अझै युरोपमा भाइरस फैलिरहेको र विभिन्न स्थानमा प्रतिबन्धको कारण यसको बारेमा अझै स्पष्ट हुनसकेको छैन् । एजेन्सी

TK Viber

प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार

Loading...