Technology Khabar ६ फाल्गुन २०७७, बिहीबार
विश्वव्यापी रूपमा लाखौं मानिसहरूले प्रयोग गर्ने फाइल साझेदारी एप्लिकेसन सेयरईट (SHAREit)मा अनुसन्धानकर्ताहरूले धेरै त्रुटिहरू फेला पारेका छन्।
साइबर सुरक्षा कम्पनी ट्रेण्ड माइक्रोले आफ्नो रिपोर्टमा सो एपको एन्ड्रोइड संस्करणमा धेरै सुरक्षा त्रुटिहरू भएको बताएको छ, जसले ह्याकरहरूलाई सजिलै डाटा चोर्न अनुमति दिन्छ। उनले भने कि यदि तपाईँको फोनमा यो एप छ भने त्यसलाई तुरुन्तै मेटाउनुहोस्।
रिपोर्टले भन्छ कि ह्याकरहरूले सजिलैसँग एपमा भएका त्रुटिहरूबाट डाटा चोर्न सक्छन्। यो चिनियाँ एप नेपालमा पनि निकै लोकप्रिय रहेको छ।
एप एनीका अनुसार, २०१९ मा, शेयरईट विश्वभरमा शीर्ष १० सबैभन्दा डाउनलोड गरिएका एप्स मध्ये एक थियो।
ट्रेंड माइक्रोमा कार्यरत एक सुरक्षा अनुसन्धानकर्ताले भने कि ह्याकर्सले एपमा रहेको मालवेयरबाट प्रभावित कोड प्रयोग गरेर एपलाई नै अपहरण गर्न सक्दछ। साइबर सुरक्षा फर्मले गुगललाई यो जानकारी दिएको छ।
यद्यपि गुगलबाट यस एपमा कुनै ‘एक्सन’ लिईएको छैन। फर्मले सो विषयको बारेमा सेयरईटलाई जानकारी गराएको छ। तर अहिलेसम्म कम्पनीबाट कुनै प्रतिक्रिया आएको छैन। फर्मले गरेको तीन महिनाको अनुसन्धान पछि रिपोर्ट बाहिर सार्वजनिक गरिएको हो ।
गुगल प्ले स्टोर अनुमति रीडआउटका अनुसार, सेयरईटले फोनको भण्डारण र सबै मिडिया, क्यामरा, माइक्रोफोन र लोकेसनको बारेमा जानकारी लिन्छ। यसले एप डिलिट गर्न र स्टार्टअपलाई चलाउन सक्छ। एजेन्सीका साथ
प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार