प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना

Technology Khabar ६ फाल्गुन २०७७, बिहीबार

प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना
फाइल फोटो
Classic Tech

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकारको आगामी नीतिरकार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन्।

बिहीबार मन्त्रालयद्वारा आयोजित पत्रकारहरुसँगको अन्तर्क्रियामा मन्त्री गुरूङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे।

उनले भने,‘सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका लागि सञ्चार क्षेत्रका विज्ञहरूको सुझावको आवश्यकता छ।’

सरकारका प्रवक्ता गुरूङले दूरसञ्चारमा देखिएका समस्याका कारण पनि दुर्गम जिल्लाका पत्रकारले समस्या भोग्नुपरेको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले प्रत्येक वडा कार्यालय, विद्यालय र घरघरमा इन्टरनेट पुर्‍याउने सरकारको योजना सुनाए।

‘सबैलाई एउटै डालोमा राखेर हेर्नु हुँदैन तर पत्रकारितामा अराजकता र विकृति मौलाउँदै गएको छ, विश्वसनीयतामा प्रश्न उठ्न थालेको छ, यसको पनि गुणस्तर मापन गर्नुपर्ने बेला आएको छ।’

सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघ सधैंभरि पत्रकारको अधिकारका निम्ति लड्दै आएको र आगामी दिनमा पनि लडिरहने प्रतिबद्वता व्यक्त गरे ।

केहि दिनअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सबै स्थानीय सेवा प्रदायकहरुकोमा इन्टरनेट सेवा पुर्याउने निर्णय गरिएको जानकारी दिएका थिए ।

देशभरका सबै विद्यालय र स्थानीय सेवा प्रदायक संस्थामा इन्टरनेट सेवा पुर्याईने

TK Viber

प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार

Loading...