ट्विटरमा बोलेर नै डाइरेक्ट मेसेज पठाउन सकिने फिचर, यस्तो छ भ्वाइस मेसेज पठाउने तरीका

Technology Khabar ६ फाल्गुन २०७७, बिहीबार

ट्विटरमा बोलेर नै डाइरेक्ट मेसेज पठाउन सकिने फिचर, यस्तो छ भ्वाइस मेसेज पठाउने तरीका

काठमाडौं ।

माइक्रो ब्लगिङ्ग प्लेटफर्म ट्विटरको माध्यमबाट, अब तपाई भ्वाईस सन्देश पनि पठाउन सक्नुहुनेछ। विश्वभर करोडौं मानिसद्वारा प्रयोग गरिने सामाजिक मिडिया ट्विटरको प्लेटफर्ममा अर्को नयाँ फिचर थपिएको छ।

कम्पनीले यसको प्लेटफर्ममा डाइरेक्ट मेसेजेसको लागि नयाँ भ्वाइस सन्देश सुविधाको परीक्षण गरिरहेको छ।

यो नयाँ फिचर हाल भारत, ब्राजील र जापानका प्रयोगकर्ताहरूलाई प्रदान गरिएको छ। भ्वाइस सन्देश सुविधा  १७ फेब्रुअरीदेखि नै भारत, ब्राजिल र जापानका प्रयोगकर्ताहरूका लागि बिस्तारै उपलब्ध गराइँदैछ। यस सुविधाको साथ, प्रयोगकर्ताहरूले प्रत्यक्ष सन्देशहरूमा १४० सेकेन्ड लामो भ्वाइस सन्देश पठाउन सक्दछन्।

कम्पनीले यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूको लागि उपलब्ध गराएको छ। भ्वाइस सन्देश १४० सेकेन्ड लामो हुनेछ।

भ्वाइस सन्देश फिचर कसरी प्रयोग गर्ने ?

  • सर्वप्रथम तपाईंको एपलाई अपडेट गर्नुहोस् र डाइरेक्ट मेसेजयुक्त बक्समा जानुहोस्।
  • भ्वाइस रेकर्डिङ्गको बटनमा क्लिक गर्नुहोस्।
  • यसपछि फोनमा नै भ्वाइस रेकर्डिङ्ग सुरु हुनेछ।
  • यहाँ तपाईले अन्य साथीलाई पठाउनु भन्दा पहिले तपाईँको रेकर्ड गरिएको आवाज सुन्न सक्नुहुन्छ।
  • अब तपाईं यसलाई पठाउन वा डिलिट गर्न सक्नुहुन्छ।
  • त्यस्तै गरी, तपाईं आईओएस ओएसमा भ्वाइस रेकर्डिङ्ग होल्ड डाउन गरेर सन्देश पठाउन सक्नुहुनेछ।

यसअघि ट्विटरले बोलेर नै ट्विट गर्ने सुबिधा अडियो ट्विट सार्वजनिक गरेको थियो ।

easy care

प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार