आईफोन प्रयोगकर्ताहरुका लागि २१७ वटा नयाँ इमोजी उपलब्ध हुँदै

Technology Khabar ६ फाल्गुन २०७७, बिहीबार

आईफोन प्रयोगकर्ताहरुका लागि २१७ वटा नयाँ इमोजी उपलब्ध हुँदै

काठमाडौं ।

एप्पलले आफ्नो आईओएस १४.५ अपडेटमा नयाँ इमोजी थपेको छ।

एप्पलले सफ्टवेयर कम्पनी युनिकोड कन्सोर्टियमसँगको सहकार्यमा आफ्ना पुराना इमोजीमा केही परिवर्तन गरेर नयाँ इमोजी ल्याएको हो।

कम्पनीले यसअघि रगत भरिएको सिरिन्जसहितको इमोजीलाई हाल परिवर्तन गरेर सामान्य सिरिन्जको रुपमा देखाइएको छ। जसमा  सिरिन्ज भित्र खाली रहेको छ ।

एप्पलले यो नयाँ सिरिन्ज इमोजी कोभिडबारे टाइप गर्ने प्रयोगकर्ताले प्रयोग गर्न सक्ने बताएको छ।

‘यसले इमोजीलाई अझ बहुमुखी बनाउँदछ जब कोभिड-१९ खोप वर्णन गर्न प्रयोग गरिएको थियो,’ आइकनहरूलाई सूचीबद्ध गर्ने साइट इमोजीपीडियाले भन्यो।

यसका साथै एप्पलले विशेषगरी इमोजीका छालाको रंग र तिनका लैंगिक पहिचानमा ध्यान दिएको छ। यसमा प्रयोगकर्ताले दुई जोडी चुम्बन गरिरहेको इमोजीमा पनि छालाका रंगहरुको विकल्प पाउनेछन्।

छालाको रंगसँगै कम्पनीले दुवै पुरुष र महिलामा दाह्री रहेको नयाँ इमोजी बनाएको छ।

यो अपडेटमा थकित अनुहारको इमोजी, आँखा घुमेको इमोजी र अनुहारमा बादल परेको इमोजी पनि रहेको द भर्जले बताएको छ। एप्पलले मुटुमा आगो लागेको र मुटुमा टेप टालेको इमोजी थपेको छ।

यसको साथै ‘रक–क्लाइबिङ’ गरिरहेको इमोजीलाई हेल्मेट लगाइदिएको छ, भने

अर्को नयाँ परिवर्तनमा भने एप्पलले हेडफोन इमोजीलाई एयरपोड म्याक्स जस्तै देखिने बनाएको छ। एप्पलले प्राय आफ्नो उत्पादनहरु नै इमोजीको रुपमा प्रयोग गरिरहेको हुन्छ।

यी सबै इमोजीहरु नयाँ भने होईनन् र केहि यसअघि नै प्रयोगमा आएका र अनुमति पाएका इमोजीहरुमा केहि परिवर्तन गरिएको बताईएको छ भने केहि नयाँलाई युनिकोड कन्सोर्टियमले गत सेप्टेम्बरमा नै बनाएको थियो।

एप्पलका अनुसार नयाँ इमोजीहरु आईओएस १४.५ बिटाको नयाँ रिलिजमा देखिएका छन् र सामान्यरुपमा केहि समयपछि प्रयोगकर्ताहरुका लागि उपलब्ध हुनेछ। एजेन्सी

easy care

प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार