भारतको उत्तर प्रदेशमा अनलाइनमा ‘पोर्न’ हेर्नेलाई प्रहरीले नोटिस पठाउने

Technology Khabar ६ फाल्गुन २०७७, बिहीबार

भारतको उत्तर प्रदेशमा अनलाइनमा ‘पोर्न’ हेर्नेलाई प्रहरीले नोटिस पठाउने
Classic Tech

छिमेकी देश भारतको नेपालसँग सीमा जोडिएको राज्य उत्तर प्रदेशको पुलिसले अब मान्छेहरुको इन्टरनेट खोजी डाटा अनुगमन गर्ने भएको छ । यूपी प्रहरीले सो प्रदेशभित्र अनलाइनमा यौन सामाग्री ‘पोर्न’ हेर्नेहरुमाथि नजर राख्ने भएको छ।

यदि कुनै व्यक्तिले इन्टरनेटमा अश्लील सामाग्री खोज्छ भने, ‘यूपी महिला पावरलाइन १०९० सचेत हुनेछ र पुलिस टोली उक्त व्यक्तिसम्म ‘महिला विरुद्धको अपराध’ रोक्नको लागि पुग्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

सो परियोजना यसभन्दा पहिले छ वटा जिल्लामा सञ्चालन गरिएको थियो र जनताबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताईएको छ।

मिडिया रिपोर्टकाअनुसार उत्तर प्रदेशको पुलिसका अतिरिक्त महानिर्देशक (एडीजी) नीरा रावतले भनिन कि इन्टरनेटको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै महिला विरुद्ध हुने अपराध रोक्न उक्त पावरलाइन १०९० व्यक्तिमा पुग्नेछ। उनले भनिन् डाटाको प्रयोग गरी ईन्टरनेटमा खोजी भइरहेको कुराको अनुगमन गर्न एक कम्पनीलाई भाडामा लिईएको छ। उनले भनिन्, ‘मूलतः यो इन्टरनेटको एनालिटिक्स पढ्नको लागि हो। यदि कसैले अश्‍लील हेरे भने, एनालिटिक्स टोलीले जानकारी लिनेछ।’

सो अनुगमन टोलीमार्फत अश्‍लील कुराको लागि अनलाइनमा खोजी गर्नेहरूले एक चेतावनी सन्देश प्राप्त गर्नेछन् र सूचना पुलिसमा सेयर गरिनेछ। उनले भने, ‘तब इन्टरनेट डाटाले १०९० टोलीलाई सूचित गर्दछ। टोलीले त्यस ब्यक्तिलाई एक ‘जागरूकता सन्देश’ पठाउनेछ।’

उत्तर प्रदेशमा १.१६ करोड इन्टरनेट प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ ।

TK Viber

प्रकाशित: ६ फाल्गुन २०७७, बिहीबार

Loading...