ईकमर्स कम्पनी अमेजनले आफ्नो फायर टिभी स्टिक भारतमा नै उत्पादन गर्ने

Technology Khabar ५ फाल्गुन २०७७, बुधबार

ईकमर्स कम्पनी अमेजनले आफ्नो फायर टिभी स्टिक भारतमा नै उत्पादन गर्ने

काठमाडौं ।

अमेरिकी ईकमर्स कम्पनी अमेजनले यो बर्षको अन्त्यमा भारतको चेन्नईमा निर्माण इकाई स्थापना गर्ने बताएको छ।

कम्पनीले सो इकाईमा आफ्नो फायर टिभी स्टिक लगायतका अन्य उपकरणहरू निर्माण गर्नेछ। यस बाहेक, भारतमा १० करोड साना र मध्यम आकारको व्यवसायको डिजिटलाइजेशन गर्न १ अर्ब डलरको लगानीमा १० लाख अमेजनले १० लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

मंगलबार भारतका केन्द्रीय सूचना प्रविधि मन्त्री रविशंकर प्रसाद र अमेजन इंडियाका वरिष्ठ उपाध्यक्ष अमित अग्रवालबीच भएको छलफलपछि उक्त घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

अमेजन इंडियाका वरिष्ठ उपाध्यक्ष अग्रवालले भने ‘कम्पनी मोदी सरकारको आत्मनिर्भर भारत अभियानको हिस्सा बन्न प्रतिबद्ध छ र हामी चेन्नईमा फायर टिभी स्टिक उपकरण निर्माण प्लान्ट स्थापना गरेर यो साझेदारी सुरु गर्न लागेका छौं।’

अमेजनले आफ्नो ब्लगपोस्टमा भनेको छ कि यसले क्लाउड नेटवर्क टेक्नोलोजीसँगै यो निर्माण इकाई खोल्ने छ जो फक्सकनको अंश हो।

easy care

प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार