क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचिमा रियलमी

Technology Khabar ५ फाल्गुन २०७७, बुधबार

क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचिमा रियलमी
Classic Tech

ओपोको सब-ब्राण्ड चिनियाँ कम्पनी रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचिमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५ उत्कृष्ट स्मार्टफोन २०२०’ को सूचिमा रियलमी पनि परेको कम्पनीले दाबी गरेको छ।

चौथो त्रैमासिक क्यानालिस स्मार्टफोन शिपमेन्ट रिपोर्टका लागि कम्पनीले विश्वका १५ मुख्य ठूला स्मार्टफोन बजारको अध्ययन गरेको थियो।

उक्त रिपोर्टले दक्षिण पश्चिम एसियाली मुलुकमा रहेका पाँच ठूला स्मार्टफोन बजारमा सबैभन्दा चाँडो बजार विस्तार गर्ने चौँथो स्मार्टफोन रियलमी रहेको देखाएको छ । फिलिपिन्सको स्मार्टफोन बजारमा तेस्रो स्थानमा पर्न सफल रियलमीको माग आर्थिक रुपमा विकसित हुँदै गएका थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा वार्षिक रुपमा सतप्रतिशतले वृद्धि भएको कम्पनीले जानकारी दिएको छ।

समग्र मोबाइल फोनको १२ प्रतिशत बजार शेयरका साथ भारतमा रियलमी पाँचौ नम्बरमा पर्न सफल भएको छ । रियलमी ग्रिस, चेक रिपब्लिक र रसिया जस्ता युरोपियन मुलुकका बजारमा समेत पाँच नम्बरमा रहेको छ ।

रिपोर्ट अनुसार २०२० को चौथो त्रैमासिकमा रसियामा त यस फोनको बिक्री ३३८ प्रतिशतले बढेको देखि जारी विज्ञप्तिमा उल्लेख छ।

‘चुनौतीदेखि उन्नतिसम्मको एजेण्डालाई मूर्त रुप दिएर निर्माण गरिएको यो फोन उत्कृष्ट पर्फमेन्स, स्टाइलिस डिजाइनका साथ सुहाउँदो मूल्यको संयोजन हो । यस कठिन समयमा पनि रियलमीका उत्पादन र मार्केटिङ रणनीति प्रभावकारी छन् । हामी सेवाग्राहीको रोजाइलाई प्राथमिकतामा राखि नवीनतम् डिजाइन, सफ्टवेयर र हार्डवेयर बीच सन्तुलित संयोजन तथा आकर्षक डिजाइन उपलब्ध गराउने प्रतिवद्धता गर्दछौँ,’ रियलमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‘स्काई ली’ ले बताए।

क्यानलिसको रिपोर्टअनुसार भारत, इन्डोनेशिया, बंगलादेश, कम्बोडिया, थाइल्याण्ड, मलेसिया, म्यानमार, पाकिस्तान, फिलिपिन्स, रसिया, इजिप्ट, इजरायल, चेक रिपब्लिक, ग्रिसमा उत्कृष्ट पाँच मोबाइल फोनको सूचिमा रियलमी सूचिकृत भएको छ । यससँगै दक्षिणपूर्वी क्षेत्रमा पनि रियलमीले व्यापकरुपमा आफ्नो बजार विस्तार गर्दै गइरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार

Loading...