डाटा प्रयोगको लागि भारतीय टेलिकम प्रयोगकर्ताहरुले अब अधिक तिर्नुपर्ने संभावना

Technology Khabar ५ फाल्गुन २०७७, बुधबार

डाटा प्रयोगको लागि भारतीय टेलिकम प्रयोगकर्ताहरुले अब अधिक तिर्नुपर्ने संभावना
Classic Tech

भारतीय मोबाइल प्रयोगकर्ताहरूलाई फेरि एक झटका लाग्न सक्ने संभावना देखिएको छ। केहि समय पछि भारतीय मोबाइल प्रयोगकर्ताहरूले आफ्नो डाटा र कलिङ्गका लागि बढी तिर्नु पर्ने हुन सक्छ किनभने टेलिकम कम्पनीहरूले उनीहरूको ट्यारिफ बढाउन लागेको मिडिया रिपोर्ट आएको छ।

हालै भारतीय मिडियाहरुमा आएका नयाँ रिपोर्टका अनुसार यी मूल्यहरू आउँदै गरेको वित्तीय वर्ष अर्थात् अप्रिल १ देखि बढ्न सक्दछन्। वास्तवमा, कम्पनीहरूले राजस्व बढाउन ट्यारिफ बढाउँदैछन्।

गत वर्षको सुरूमा पनि भारतीय कम्पनीहरूले यसको मूल्य बढाएका थिए।

नयाँ रिपोर्टका अनुसार ट्यारिफ बढेकोले र २ जी बाट ४जीमा आउने प्रयोगकर्ताहरूका कारण कम्पनीको एभरेज रेभेन्यू पर यूजर (एआरपीयू)मा सुधार हुने सम्भावना छ। यो करिब २२० भारुको हाराहारी हुन सक्छ। आगामी दुई बर्षमा भारतीय टेलिकम उद्योगको राजस्व ११ देखि १३ प्रतिशत र आर्थिक वर्ष २०२२ मा अपरेटिङ्ग मार्जिन ३८ प्रतिशतले वृद्धि हुन सक्छ।

आईसीआरएका अनुसार भारतमा सेक्टर मुद्रास्फीति बिन्दुमा गइरहेको छ, जहाँ बृद्धिको अर्को चरण गैर टेलिकमको व्यवसायले चलाउने छ। यसले उद्यम इन्टरप्राइज बिजनेस, क्लाउड सर्भिसेज, डिजिटल सर्भिसेज र फिक्स्ड ब्रोडब्याण्ड सर्भिसेज समावेश गर्दछ।

आईसीआरएका अनुसार नगद प्रवाहको उत्पादनमा भएको सुधार र पूँजीगत खर्चमा कटौतीले नियमित सञ्चालनका लागि बाह्य लगानीको आवश्यकता कम गर्नेछ। यद्यपि एडजस्टेड ग्रस रेभेन्यू (एजीआर) दायित्व बाहेक, कर्जा र स्पेक्ट्रम लिलामीको अर्को चरणले भारतीय टेलिकम कम्पनीहरूमा दबाब दिनेछ। आउँदो समयमा ५जी नेटवर्कको ठूलो भूमिका हुने बताईएको छ।

कोरोनाका कारण धेरैजसो उद्योगले महामारीको सामना गरिरहेका भएपनि भारतीय टेलिकम उद्योगले फाइदा उठाएको छ। लकडाउन पछाडि प्रयोगकर्ताहरूको डाटा उपभोगमा वृद्धि भएको छ।

TK Viber

प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार

Loading...