गुगलको स्टाडियामा १०० भन्दा धेरै गेम आउँदै, फार क्राइ ६, फिफा २१ लगायत समावेश

Technology Khabar ४ फाल्गुन २०७७, मंगलवार

गुगलको स्टाडियामा १०० भन्दा धेरै गेम आउँदै, फार क्राइ ६, फिफा २१ लगायत समावेश

काठमाडौं ।

गुगलले सन् २०२१ मा यसको स्टाडिया क्लाउड गेमिङ्ग प्लेटफर्ममा १०० नयाँ खेलहरू थप्ने योजना गरिरहेकोछ।

कम्पनीले थप गर्ने नयाँ गेमहरु मध्ये शान्तेई: हाफ जेनी हीरो अल्टिमेट संस्करण र शान्तेई रिस्कइज रिभेन्ज- डिरेक्टर्स कट फेब्रुअरी २३ मा ल्याउनेछ भने फिफा २१ आगामी मार्च १७ तारिखमा उपलब्ध गराउनेछ ।

त्यसैगरि एट आवर ब्रेन्स, केज एण्ड द वाइल्ड मास्क जजमेन्ट, किलर क्वीन ब्ल्याक, स्ट्रिट पावर फुटबल, र हेलपोइन्टलगायतका गेम हुनेछन् ।

गुगलले २०२१ मा फार क्राइ ६, राइडर्स रिपब्लिक र हेलो ईन्जिनियरको लागि पनि स्टडियालाई सपोर्ट दिने वाचा गर्यो।

गुगलले हालै मात्र आफ्नोस्ट्याडिया खेल स्टुडियो बन्द गर्ने घोषणा गरेको थियो । जसको मतलब पाइपलाइनमा स्टडिया एक्सक्लुसिभ गेमहरु हुने छैनन्, तर क्लाउड स्ट्रिमिङ्ग स्ट्याडियाको केन्द्रबिन्दु बनेको छ। एजेन्सीका साथ

Global Bank
easy care

प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार