Technology Khabar ४ फाल्गुन २०७७, मंगलवार
दक्षिण कोरियाली अटोमेकर हुण्डाई मोटर कम्पनीद्वारा निर्मित इलेक्ट्रिक बसमा सोमबार आगलागी भएको छ। दक्षिण कोरियामा गुडिरहेको बेलामा आगलागी भएको एक फायरफाइटर अधिकारीले बताएका छन् ।
यसअघि इलेक्ट्रिक कारहरूमा यस्तै प्रकारको आगलागी भएपछि महिनौंपछि ब्याट्रीहरूको निरीक्षण गर्न रिकल गरिएको थियो।
यस घटनामा कोही पनि घाइते नभएको र निरीक्षण पछि खाली बस एक ग्यारेजमा फर्किरहेको बेलामा घट्ना भएको दक्षिण पूर्वी शहर चांग्वोनको फायर सेवा मुख्यालयका एक अधिकारीले बताएको रोयटर्सले उल्लेख गरेको छ।
‘बसमा रहेको ब्याट्री निर्माताको पहिचान हुन सकेन,’ फायर अधिकारीले भने । तर स्थानीय मिडिया रिपोर्टहरूले भने कि एलेक सिटी बस एलजी चेमको पूर्ण स्वामित्वमा रहेको ब्याट्री डिभिजन एलजी एनर्जी सलुशनको ब्याट्रीबाट सञ्चालित थियो।
‘हुण्डाई मोटर, यातायात मन्त्रालय, कोरिया अटोमोबाइल परीक्षण तथा अनुसन्धान संस्थान, राष्ट्रिय अग्नि अनुसन्धान संस्थान र चांगवान फायर सर्भिस मुख्यालयका अधिकारीहरूले निरीक्षणको बारेमा छलफल गर्न मंगलबार एक बैठक हुने अपेक्षा गरिएको छ,’ दमकलका अधिकारीले रोयटर्सलाई भने।
गएको अक्टूबरमा, हुण्डाईले २५ हजार ५६४ वटा कोना इलेक्ट्रिक गाडी दक्षिण कोरियामा रिकल गरेको थियो । ती गाडीहरुमा सम्भवतः आफ्नो उच्च भोल्टेज ब्याट्री सेलहरूको दोषपूर्ण निर्माणको कारण हुने शर्ट सर्किटको जोखिम रहेको थियो ।
कोना ईभीमा आगो लागेपछि जुन रिकल गरिएको थियो र सफ्टवेयर अपडेट गरिएको थियो।
प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार