लक्ष्मी बैंकले सुरु गर्‍यो ‘स्मार्टफोन लोन’ सेवा, दुई लाख रुपैयाँसम्म कर्जा पाइने

Technology Khabar ४ फाल्गुन २०७७, मंगलवार

लक्ष्मी बैंकले सुरु गर्‍यो ‘स्मार्टफोन लोन’ सेवा, दुई लाख रुपैयाँसम्म कर्जा पाइने
Classic Tech

लक्ष्मी बैंकले एफ्वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन कर्जा (Lending-as-a-Service (LaaS) हो । जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम २ लाख सम्मको कर्जा लिन सक्नेछन्।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेयरले गर्नेछ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने बिस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो। यो कर्जा पुरै डिजिटल मैत्री भएकाले कुनै कागज–पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व–स्विकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ।

सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बित्तिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ।

TK Viber

प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार

Loading...