एप्पल पे प्रयोगकर्ताहरूले अब बिटक्वाइन सहित यी क्रिप्टोकरन्सीहरूबाट खर्च गर्न सक्ने

Technology Khabar ४ फाल्गुन २०७७, मंगलवार

एप्पल पे प्रयोगकर्ताहरूले अब बिटक्वाइन सहित यी क्रिप्टोकरन्सीहरूबाट खर्च गर्न सक्ने
Classic Tech

वर्तमानमा, बिटक्वाइन विश्वको हट करेन्सीको रुपमा चर्चामा रहेको छ  । क्रिप्टोकरन्सी बिटक्वाइनले मंगलबार ५० हजार डलर नाघेर नयाँ रेकर्ड कायम गरेको छ ।

यसैबिच आईफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई विशेष सुविधा दिने भएको छ। अब एप्पल पे प्रयोगकर्ताहरूले मूख्य एप मार्फत पनि बिटक्वाइनहरू खर्च गर्न सक्षम हुनेछन्।

फोनएरेनाको एक रिपोर्टले दावी गर्यो कि बिटक्वाइनसहित अन्य क्रिप्टोकरेन्सीहरुको भुक्तानीका लागि एप्पल पेमेन्ट्स एप प्रयो  गर्न सकिन्छ। बिटपे एप प्रयोगकर्ताहरूलाई बिटक्वाइनहरू खरीद गर्नका साथै एप्पल भुक्तानीमा एपको प्रीपेड मास्टरकार्ड प्रयोग गर्न अनुमति दिईएको छ। बिटपे वालेट एप्पल वालेट र एप्पल पे दुबैमा जोड्न सकिन्छ।

स्मरण रहोस् बिटपे सबैभन्दा ठूलो क्रिप्टो भुक्तान प्रोसेसर हो, जसले खरीददारहरू र विक्रेताहरूलाई क्रिप्टोकरेन्सी भुक्तानी वा वैकल्पिक भुक्तान पठाउन वा प्राप्त गर्न अनुमति दिन्छ।

यस साझेदारीले एप्पललाई ग्राहकहरूका बीचमा क्रिप्टो भुक्तानीको माग पूरा गर्न अनुमति दिनेछ। बिटपे वालेट एप अन्य इथर, बिटक्वाइन नगदको साथसाथै अमेरीकी डलर, जेमिनी डलर, पाक्सोस स्ट्यान्डर्ड र बिनान्स अमेरिकी डलरका साथमा समेत काम गर्दछ।

गुगल प्ले स्टोरमा भएको एप्लिकेसन विवरण अनुसार, कुनै पनि उपयोगकर्ताले तत्काल क्रिप्टो खर्चको लागि बिटपे कार्ड प्रयोग गर्न सक्दछ। थप रूपमा, यो दावी गरिएको छ कि भर्चुअल कार्ड केहि सेकेन्डमा नै अनुमति पाएर प्रयोगको लागि अनलाइन उपलब्ध हुनेछ। प्रयोगकर्ताहरूले यस भर्चुअल कार्डको माध्यमबाट एटीएममा क्रिप्टोलाई नगद रूपान्तरण गर्न सक्षम हुनेछन वा खुद्रा स्टोरमा खर्च गर्न सक्षम हुनेछ।

तर यो सुविधा अमेरिकी डलर प्रयोगकर्ताहरूको लागि अमेरिकामा मात्र उपलब्ध हुनेछ। भर्खरै मात्र अमेरिकी कम्पनी टेस्लाले उनीहरूको कम्पनीको इलेक्ट्रिक कारका ग्राहकहरूले बिटक्वाइन प्रयोग गर्न सक्ने घोषणा गरेको थियो। एजेन्सी

TK Viber

प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार

Loading...