नेपाल टेलिकमको काठमाडौं क्षेत्रिय निर्देशनालय अब प्रादेशिक संरचनामा परिवर्तित

Technology Khabar ४ फाल्गुन २०७७, मंगलवार

नेपाल टेलिकमको काठमाडौं क्षेत्रिय निर्देशनालय अब प्रादेशिक संरचनामा परिवर्तित
नेपाल टेलिकमको भद्राकाली प्लाजा, सिंहदरबारमा रहेको केन्द्रीय कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो प्रादेशिक संरचनाअनुसार काठमाडौं क्षेत्रिय कार्यालयको नाम परिवर्तन गरेको छ।

सरकारी दूरसञ्चार सेवा प्रदायकले आफ्ना क्षेत्रिय कार्यालयहरुलाई प्रादेशिक संरचनाअन्तरगत परिवर्तन गरिरहेको बेलामा काठमाडौंको क्षेत्रिय कार्यालयलाई समेत प्रादेशिक संरचनामा परिवर्तन गरेको हो ।

कम्पनीले यसअघिको काठमाडौं क्षेत्रिय निर्देशनालयलाई परिवर्तन गरेर बागमती प्रदेशको कार्यालय बनाएको छ । यसैगरि नाम परिवर्तन गरेर प्रादेशिक निर्देशनालय, बागमती प्रदेश नामाकरण गरेको छ ।

सो कार्यालय यसअघिकै क्षेत्रिय निर्देशनालय राखिएको स्थान त्रिपुरेश्वरमा नै राखिएको जनाएको छ ।

easy care

प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार