Technology Khabar ४ फाल्गुन २०७७, मंगलवार
गत अंग्रेजी महिनाको अन्त्यतिर, वानप्लसका सहसंस्थापक कार्ल पेईले आफ्नो नयाँ स्टार्टअप कम्पनीको नाम मात्र “नथिङ्ग” को घोषणा गरे। यो ब्राण्डले टिडब्लूएस ईयरबड्सको एक जोडी रिलिज गर्ने योजना बनाएको पछि बतायो।
कम्पनी एक आपसमा कनेक्ट हुने कनेक्टेड डिभाइसहरुको एक पारिस्थितिक प्रणाली जारी गर्ने योजनामा छ।
अब भने कार्ल पेईको नयाँ कम्पनीले स्मार्टफोन ब्रान्ड एसेन्सियलको अधिकार लिएको छ। एन्ड्रोइडका पूर्व संस्थापक एन्डी रुबिनको कम्पनी एसेन्सियललाई अब कार्ल पेईको कम्पनी नथिङ्ग टेक्नोलोजीज लिमिटेडले प्रयोग गर्ने ९ टू ५ गुगलको रिपोर्टमा उल्लेख छ।
रिपोर्टले बेलायतको बौद्धिक सम्पत्ति कार्यालयमा दर्ता गरिएका फाइलहरू फेला पारे जुन पूर्व एसेन्सियल सीईओ एन्डी रुबिनले कार्ल पेइ नथिङ्ग टेक्नोलोजीजमा एसेन्सियलको ब्राण्ड सम्पत्तिको स्वामित्व हस्तान्तरण गरेको खुलासा गरेको हो ।
जसअन्तरगत ट्रेडमार्क लोगो र एसेन्सियलको उत्पादनहरुको अधिकार रहेको छ ।
एसेन्सियल त्यसबेला त्यति सफल भएको थिएन तर पनि स्टार्टअप यूनिकर्न हुँदै कम्पनीको बजार मूल्य १ अर्ब डलर पुगेको थियो ।
कम्पनी रोकिनुअघि यसले पिएच १ फोन ल्याएको थियो भने पिएच २ र पिएच ३ फोन ल्याउने तयारीमा थियो । यसका साथै कम्पनीले स्मार्ट हब र स्पीकर पनि सार्वजनिक गरेको थियो । जून कम्पनीको आफ्नै ओएस ‘एम्बिएन्ट’मा संचालन भईरहेको थियो ।
अब नथिङ्गले सो कम्पनीको अधिकार लिएसँगै कम्पनीले कहिले नयाँ डिभाइस ल्याउँछ भन्ने प्रतिक्षाको विषय भएको छ ।
प्रकाशित: ४ फाल्गुन २०७७, मंगलवार