ल्याण्ड रोभर पूर्णरुपमा इलेक्ट्रिकमा जाने, जगुआर मोडलहरू इलेक्ट्रिक भेहिकलको रुपमा बनाईने

Technology Khabar ३ फाल्गुन २०७७, सोमबार

ल्याण्ड रोभर पूर्णरुपमा इलेक्ट्रिकमा जाने, जगुआर मोडलहरू इलेक्ट्रिक भेहिकलको रुपमा बनाईने
MAHWAH, NJ – MARCH 25: Jaguar Land Rover Opens New North American Headquarters -Day 2 at Jaguar Land Rover Headquarters on March 25, 2018 in Mahwah, New Jersey. (Photo by Craig Barritt/Getty Images for Jaguar Land Rover)
Classic Tech

लक्जरी कार समूह जगुआर ल्याण्ड रोभर (जेएलआर) ले सोमबार इलेक्ट्रिकमा जाने योजनाको अनावरण गरेको छ।

कम्पनीले सन् २०३९ सम्ममा कार्बन उत्सर्जनलाई पूर्ण शून्य बनाउने लक्ष्य राखेको छ किनकि यो सफा-उर्जा सवारीका लागि विश्वव्यापी दौडमा सामेल भएको छ।

भारतीय कम्पनी टाटा मोटर्सको स्वामित्वमा रहेको समूहको रणनीति आन्तरिक रूपमा ‘रिइम्याजिन’ भनेर बुझिएको छ। पछिल्लो समयमा कार समूहहरू जुन विश्वव्यापी रूपमा इलेक्ट्रिक र अन्य ग्रीन टेक्नोलोजीद्वारा संचालित गाडीहरु ल्याउने तर्फ कदम बढाउँदछ।

‘ल्याण्ड रोभरले आगामी ५ बर्षमा ६ वटा शुद्ध इलेक्ट्रिक भेरियन्ट जोड्नेछ र भविष्यमा जगुआर मोडलहरू शुद्ध इलेक्ट्रिक आर्किटेक्चरमा विशेष रूपमा निर्माण गरिनेछ,’ जेएलआरले भन्यो । ल्याण्ड रोभरको पहिलो सबै विद्युतीय संस्करण २०२४ मा डेब्यू हुने कम्पनीले उल्लेख गरेको छ।

नयाँ घोषणासँगै प्यारेन्ट कम्पनी टाटा मोटर्सको सेयर ३ प्रतिशतले बढेकोछ। एजेन्सी

TK Viber

प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार

Loading...