एप्पलले नयाँ आईफोन १३ मा अलवेज अन डिस्प्ले फिचर राख्ने

Technology Khabar ३ फाल्गुन २०७७, सोमबार

एप्पलले नयाँ आईफोन १३ मा अलवेज अन डिस्प्ले फिचर राख्ने
Classic Tech

एप्पलको आगामी आईफोनको बारेमा निरन्तर नयाँ जानकारीहरु आईरहेका छन् । अब भने आईफोन १३ नाममा आउने नयाँ आईफोनमा के फिचरहरु हुनेछन भनेर अनुमानहरु आएका छन् ।

एप्पलको आउँदो आईफोनमा ‘अलवेज अन डिस्प्ले’ फिचर हुने र केहि साना डिजाइन परिवर्तन हुने बताईएको छ।

लीकर म्याक्स वीइनबाचलाई आधार मानेर हालै आएको एक रेन्डर भिडियोअनुसार सन् २०२१ मा आउने आईफोनको प्रो मोडलमा १२० हर्जको प्रो मोशन डिस्प्ले टेक्नोलोजीसहितको हुनेछ । यसका साथै यसमा एलटिपिओ टेक्नोलोजी राखिनेछ जसलाई हेर्दा लक स्क्रीनजस्तै देखिन्छ र यसले इन्पुट बिना नै केही बिस्तृत जानकारी दिने र अलवेज अन डिस्प्ले जस्तै हुन सक्नेछ। यो फिचर हाल एप्पल वाचमा पनि रहेको छ।

यो फिचर केही एन्ड्रोइड फोनमा पनि रहेको छ । यसमा सधैँभरी बत्ती बल्छ र यसले ब्याट्रीको चार्ज र घडी देखाउँछ। त्यस्तै बार र आइकनको सङ्केतले पनि नोटिफिकेसन आएको जानकारी दिनेछ । तर यो अलवेज अन डिस्प्ले भन्दा केहि फरक हुनेछ ।

यसका साथै नयाँ आईफोनमा केही सुधार गरेर ल्याइएको अल्ट्रा वाइड क्यामरा पनि हुनेछ जसले कम लाईटमा पनि राम्रो फोटो खिच्न सक्छ । हालको ६ वटा टुक्रालाई अब ५ वटा टुक्रामा मात्र राखिनेछ ।

त्यस्तै यसमा ग्यालेक्सी एस २१ को जस्तै पोट्रेट मोड भिडियो खिच्नसक्ने फिचर हुनेछ ।

यो वर्ष नयाँ आईफोन १३ को डिजाइनमा भने खासै व्यापक किसिमको परिवर्तन नल्याइने नै वीइनबाचले उल्लेख गरेको छ ।

यसमा म्यागसेफ टेक्नोलोजीका लागि भएका चुम्बक थप ससक्त किसिमका हुनेछन जसले गर्दा प्रयोगकर्ताले आइफोन निकालिरहेको समयमा वालेट झर्दैन् ।

यसअघि पनि यस्ता धेरै रिपोर्टहरु आएका छन जसमा नयाँ आईफोनको नामदेखि राखिने फिचरहरुको बारेमा बताईएको छ । तर एप्पलले निर्माणको समयमा फोनमा केही फेरबदल गर्न सक्नेछ ।

कम्पनीले आईफोन १३ प्रोको मेटब्ल्याकलाई अझ फरक रुपमा ल्याउने अनुमान गरिएको छ जसले प्रयोगकर्ताले फोन समात्दा पकड सहज हुनेछ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार

Loading...