देशभरका सबै विद्यालय र स्थानीय सेवा प्रदायक संस्थामा इन्टरनेट सेवा पुर्याईने

Technology Khabar ३ फाल्गुन २०७७, सोमबार

देशभरका सबै विद्यालय र स्थानीय सेवा प्रदायक संस्थामा इन्टरनेट सेवा पुर्याईने

काठमाडौं ।

अब सरकारले देशभरका सबै विद्यालयहरु र स्थानीय सेवा प्रदायकहरुसम्म इन्टरनेट सेवा पुर्याउने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको ३ वर्षको उपलब्धि सार्वजनिक गर्दै हालै सरकारले सो निर्णय गरेको जानकारी दिएका हुन् ।

हाल नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निश्चित तोकिएका र छनौटमा परेका सामुदायिक विद्यालयहरु तथा स्थानीय सेवा कार्यालयहरुमा मात्र इन्टरनेट सेवा उपलब्ध गराउने योजना कार्यान्वयनमा छ ।

तर अब भने देशभरका सबै विद्यालय र स्थानीय सेवा प्रदायक संस्थामा इन्टरनेट सेवा पुर्याउने हालै मन्त्रिपरिषदबाट निर्णय भएको प्रधानमन्त्रीले जानकारी दिएका हुन् ।

यसका साथै उनले आफ्नो कार्यकालमा शुन्यबाट देशका ७७ जिल्लामा नै फोरजी सेवा पुयाएको बताएका छन् ।

यस बाहेक प्रधानमन्त्रीले इन्टरनेट ग्राहक घनत्व ५१.२ प्रतिशतबाट ८०.१ प्रतिशत पुगेको, ग्रामीण दूरसञ्चार कोष अन्तर्गत ३१ जिल्लामा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध जानकारी दिए ।

यस बाहेक उनले डिजिटल नेपाल फ्रेमवर्क, हेलो सरकार, अनलाइन श्रम स्वीकृती, नागरिक एप्स, विद्युतीय भुक्तानी प्रणाली, भिटिएस प्रणालीलगायतका विषयहरुको बारेमा सरकारले गरेको कार्यको फेरहिस्त प्रस्तुत गरेका थिए ।

उनले आजै भुकम्पबाट भत्किएर पुननिर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको उद्घाटन समेत गरेका छन् ।

easy care

प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार

ताजा समाचार