सार्वजनिक यात्रुबाहक बसमा स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्न सकिने

Technology Khabar ३ फाल्गुन २०७७, सोमबार

सार्वजनिक यात्रुबाहक बसमा स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्न सकिने
Classic Tech

सार्वजनिक यात्रु बाहक बसमा क्यासलेस भुक्तानी सेवाको लागि नेपालमा नै पहिलो पटक अटोमेटेड फेयर कलेक्सन सिस्टम (एएफसी) को सुरुआत भएको छ । एएफसीको सुरुवातसँगै अब यात्रु बसमा स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्न सकिनेछ ।

हालै कपन संयुक्त यातायात र फिनटेक इन्टरनेशनलको सहकार्यमा गाम्चा, नौलिङ्गस्थान देखि गोपिकृष्ण, सहिदगेट, टेकु, कलंकी हुदै नयाँ बसपार्कसम्म चल्ने रुटमा यात्रुहरुको सेवा तथा सुविधाको लागि परम्परागत नगदमार्फत बस भाडा भुक्तानी गर्ने प्रणालीमा परिवर्तन गरी आधुनिक तथा विश्वब्यापीरुपमा प्रचलनमा रहेको स्पर्शरहित,आधुनिक, स्मार्ट कार्डमार्फत बस भाडा भुक्तानी गर्ने एएफसीको सुरुवात एक कार्यक्रमकाबिच गरीएको हो ।

उक्त कार्य शुभारम्भ गर्दै बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले विश्वको हरेक देशमा सार्वजनिक यातायात प्रणाली व्यवस्थित, प्रविधियुक्त, सर्वसुलभ तथा यात्रुमैत्री भैरहेको अवस्थामा यस सुरुआतवाट सार्वजनिक यातायात व्यवस्थित हुने, आर्थिक विकासमा टेवा दिने, समयको बचत तथा अर्थतन्त्रलाई समेत सवल वनाउन अहम भूमिका हुने बताए ।

संयुक्त यातायातका अध्यक्ष भरत तिमिन्सिनाले कार्डमार्फत भाडा भुक्तानी गर्दा यात्रुहरुलाई तोकिएको भाडा भुक्तानी गर्ने सुविधा उपलब्ध हुने, छिटो छरितो सेवा उपलब्ध हुने जानकारी गराए ।

फिनटेक इन्टरनेशनलले स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्दा खुद्रा पैसाको अभावमा तोकिएको भाडा भुक्तानी गर्न असजिलो, फिर्ता पैसा नपाउँदा तोकिएको भाडाभन्दा बढी भाडा भक्तानी गरिरहनु परेको, फिर्ता पैसा प्राप्त गर्न कुर्नुपर्ने, पैसा झिक्दा र राख्दा हराउने डर, पैसा तिर्दा ब्यक्तिगत सम्पर्क हुने हुँदा रोग सर्न सक्ने सम्भावना आदी समस्याहरु हट्ने जानकारी गरायो ।

यस सिस्टमको लागि यात्रुहरुले यात्रा कार्ड किनेर त्यसलाई रिचार्ज गरेर प्रयोग गर्न सकिनेछ । यसमार्फत हालको नगदमार्फत भाडा भुक्तानी हुने प्रकृयामा परिवतर्न गरी आधुनिक कन्ट्याक्टलेस स्मार्ट कार्डको प्रयोगवाट बसको भाडा भुक्तानी गर्न सकिन्छ ।

यो कार्डमा रेडियो फ्रिक्वेन्सी प्रविधि जडान हुने भएकोले स्पर्शरहित तरिकाले भाडा भुक्तानी गर्न सकिने बताईएको छ।

यस्तो छ यात्रा कार्ड प्राप्त गर्ने, प्रयोग गर्ने, रिचार्ज गर्ने आदी सम्बन्धमा जानकारी

–यात्रा कार्ड काठमाडौं उपत्यकाको मुख्य/मुख्य बस बिसौनीमा रहेको फिनटेक बुथ वा बस भित्रवाट ५० रुपैयाँ डिपोजिट वापतको रकम भुक्तानी गरी प्राप्त गर्न सकिनेछ ।

–कार्ड लिएपछि पहिलो पटक एक्टिभ गर्न न्यूनतम १०० वा चाहिएजतिको रिचार्ज गर्नु पर्नेछ । कार्ड रिचार्ज बुथबाट, बस भित्रबाट, बैङ्क खाताबाट वा यात्रा एपमार्फत गर्न सकिनेछ ।

–बसमा यात्रा गर्दा बस चढेपछि ट्याप इन (मेशिनमा कार्ड देखाउने) गर्नु पर्ने र ओर्लने बेला ट्याप आउट गर्नुपर्नेछ ।

–यात्रुले यात्रा गर्न चाहेको रुटमा सफल भुक्तानीको लागी यात्रा कार्डमा पर्याप्त भाडा रकम वरावर व्यालेन्स हुनु पर्नेछ ।

–व्यालेन्स सम्वधी जानकारी पाउन फिनटेक बुथ वा बस भित्र टिकेटिङ मेसिनवाट चेक गर्न सकिनेछ । साथै यात्रा गरिसकेपछि उपलब्ध हुने टिकटबाट समेत ब्यालेन्स रकमको जानकारी उपलब्ध हुनेछ ।

–विद्यार्थी जेष्ठ नागरिक तथा फरक क्षमता भएका ब्यक्तिहरुको लागि सरकारद्वारा तोकिएको छुट भाडा उपलब्ध हुनेगरी ब्यक्तिगत कार्ड उपलब्ध गराईनेछ । यस प्रकारको कार्ड तोकिएको आवेदन फाराम भरी बुझाएको केहीदिन भित्रै उपलब्ध हुनेछ ।

–त्यदि कुनै कारणबस यात्रा कार्ड हराएमा वा विग्रिएमा फिनटेकको तोकिएको नम्बरमा सम्पर्क गरी बदलामा अर्को कार्ड लिन सकिनेछ ।

TK Viber

प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार

Loading...