गुगल म्याप्सको विकल्प तयार पार्दै भारत, स्पेस एजेन्सी र म्यापमाईइन्डिया बीच सहकार्य

Technology Khabar ३ फाल्गुन २०७७, सोमबार

गुगल म्याप्सको विकल्प तयार पार्दै भारत, स्पेस एजेन्सी र म्यापमाईइन्डिया बीच सहकार्य
Classic Tech

गुगल म्यापको विकल्पका रुपमा भारतले आफ्नो छुट्टै म्याप बनाउने भएको छ । भारतको स्पेस एजेन्सी इन्डियन स्पेस रिसर्चर अर्गनाइजेसन(इसरो)ले लोकेसन तथा नेभिगेसन सेवा दिने स्थानीय कम्पनी ‘म्यापमाईइन्डिया’ सँग सहकार्य गरेको छ ।

म्यापमाईइन्डिया यसअघिदेखि नै भारतको डिजिटल म्याप डाटामा काम गर्दै आएको टेक कम्पनी हो । यो प्रोजेक्टको विषयमा इसरो र म्यापमाई इन्डियाले शुक्रबार जानकारी गराएका हुन् ।

इसरोसँग साझेदारी गरेपछि म्यापमाईन्डियाका सीईओ रोहन वर्माले भने कि स्याटेलाइट इमेज र अवलोकन डाटा इसरोले उपलब्ध गराउनेछ, जबकि म्यापमाईइन्डियाले डिजिटल सेवा प्रदान गर्नेछ। उनले भने कि यो भारतको आत्मनिर्भर भारत अभियानमा एउटा कोसेढुंगा साबित हुनेछ। भारतका नागरिकहरूले नेभिगेसन सेवाहरू, नक्शा र जियोस्पाटियल सेवाहरूको लागि गुगल म्याप्स र गुगल अर्थ जस्ता विदेशी संगठनमा निर्भर हुनु नपर्ने वर्माले बताए ।

उनीहरुले यो सेवा कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा भने कुनै जानकारी दिएका छैनन् । तर, प्रोजेक्टको विषयमा इसरो र म्यापमाईइन्डियाको सहकार्यले भारतको म्यापिङ सिस्टमलाई उल्लेख्य योगदान पुर्‍याउने बताइएको छ ।

यसले हाल उपलब्ध म्यापको तुलनामा अझ धेरै राम्रो र धेरै जानकारी पूर्ण हुने उल्लेख छ ।

यस एपको माध्यमबाट, म्यापिङ्ग पोर्टल र वास्तविक लोकेसन डाटा सेवा व्यक्तिलाई उपलब्ध हुनेछ। इसरोको अन्तरिक्ष विभागले भने कि यो नेभिगेसन एपले विकसित हुने नाभिक र भुवन जस्ता स्वदेशी स्याटेलाइट सेवाको सहयोग लिने छ। नाभिक (Navigation with Indian Constellation) भारतको स्वदेशी नेभिगेशन प्रणाली हो, जुन इसरोले नै तयार पारेको हो। साथै, भुवन एक केन्द्रीय भू-पोर्टल हो, इसरोद्वारा विकसित र होस्ट गरिएकोछ।

यो नयाँ म्यापिङ्ग सेवाले गुगल म्याप्सको विकल्पको रुपमा काम गर्ने दाबी गरिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ३ फाल्गुन २०७७, सोमबार

Loading...