क्लासिक हार्डवेयर कीबोर्ड र फाइभजी सपोर्टसहित नयाँ ब्ल्याकबेरी फोनहरु आउँदै

Technology Khabar २ फाल्गुन २०७७, आईतवार

क्लासिक हार्डवेयर कीबोर्ड र फाइभजी सपोर्टसहित नयाँ ब्ल्याकबेरी फोनहरु आउँदै
Global IME Bank

काठमाडौं ।

फोन कम्पनी ब्ल्याकबेरी र टीसीएल बीचको साझेदारी गत वर्ष समाप्त भयो तर नयाँ कम्पनीले नयाँ काम गर्न थाल्नका लागि केही महिना लाग्यो।

अब भने अनवार्डमोबिलिटी(OnwardMobility)ले २०२१ मा ब्ल्याकबेरीका ब्रान्डमा नयाँ फोन डिजाइन गर्ने र बेच्ने घोषणा गरेको छ। केहि दिनअघि कम्पनीका सीईओ पीटर फ्रान्कलिनले पुष्टि गरे कि उनको कम्पनी फोन ल्याउने ट्र्याकमा रहेको छ।

कम्पनीले अब क्लासिक ब्ल्याकबेरी हार्डवेयर कीबोर्डका साथमा नयाँ फोनहरु ल्याउने तयारी गरेको छ। ब्ल्याकबेरी फोनहरु ती भित्रबाट सबै आधुनिक हुनेछन्, र, ५जी नेटवर्कलाई समर्थन गर्दछ।

हाल, अनवार्डमोबिलिटी पहिलो मोडेलको विकास गर्न फक्सकनको साथ काम गर्दैछ । यी डिभाइसहरू सबैभन्दा पहिले उत्तर अमेरिका र युरोपमा रिलिज हुनेछन् र त्यसपछि एशियामा पनि उपलब्ध हुनेछन्।

फोन कहिलेसम्म आउँछ भन्ने अझै कुनै सही समय सीमा छैन, तर सन् २०२१ भित्रै आउने बताईएको छ ।

नयाँ ब्ल्याकबेरी फोनहरूको मुख्य फोकस सुरक्षामा हुनेछ । सेक्यूरिटीको क्षेत्रमा ब्ल्याकबेरीको दशक लामो अनुभवको लाभ उठाउनेगरि कम्पनीको अनवार्डमोबिलिटीले आगामी फोनहरु ल्याउनेछ । एजेन्सीका साथ

Sajilo Visa

प्रकाशित: २ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार