भिभोको युवा लक्षित स्मार्टफोन ‘वाई १२एस’ को क्रेज, २ हजार भन्दा धेरै युनिट प्रि-बुकिङ

Technology Khabar २ फाल्गुन २०७७, आईतवार

भिभोको युवा लक्षित स्मार्टफोन ‘वाई १२एस’ को क्रेज, २ हजार भन्दा धेरै युनिट प्रि-बुकिङ
Classic Tech

स्मार्टफोन ब्राण्ड भिभोले नेपाली बजारमा आइतबारदेखि औपचारिक रुपमा आफ्नो वाई सिरिजको नयाँ स्मार्टफोन भिभो वाई १२एस उपलब्ध भएको घोषणा गरेको छ।

यसअघि कम्पनीले भिभो वाई १२ एसको प्रि बुकिङ अफर दिएको थियो । जसले भिभो वाई १२एसको क्रेज युवामाझ निकै देखिएको छ। कम्पनीकाअनुसार नेपाली बजारमा फोनको प्रि बुकिङ गरेसँगै यसको २ हजार भन्दा धेरै प्रि बुकिङ भएको जनाएको छ ।

विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आज आफ्नो वाई सिरिजमा नयाँ स्मार्टफोन भिभो वाई १२एस नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । वाई १२एस को उपलब्धताको साथ भिभोले युवाहरुलाई विभिन्न मूल्य दायराहरुमा अर्थपूर्ण नवीनता भएका फिचर रिच स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो लक्ष्यलाई बढावा दिन्छ ।

वाई १२एस मा निकै शक्तिशाली, दिर्घायु ५००० एमएमएच ब्याट्रि, साईड–माउन्टेड फिंगरप्रिन्ट प्रविधि र एआई ड्यूल क्यामरा रहेको छ ।

वाई १२एसले ६.१ इन्चको हालो फूलभ्यू डिस्प्ले सहित एचडी रेजोलुसनको साथमा प्रयोगकर्ताहरुलाई निर्बाध मनोरञ्जनको अनुभव सुनिश्चित गर्दछ । उक्त नयाँ भिभो वाई १२एस युवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरि निर्माण गरिएको छ ।

भिभो नेपालका सिईओ मार्सले भने, “भिभो वाई सिरिजलाई नेपालको लोकप्रिय स्मार्टफोनहरुको रुपमा स्वागत गरिएको छ । वाई सिरिजका स्मार्टफोनहरु सधैँ सक्रिय रहिरहने युवाहरुको आवश्यकताहरुलाई ध्यानमा राख्दै बनाईएको छ । शक्तिशाली ५,००० एमएएच ब्याट्रि रहेको उक्त वाई १२एस मा साईड–माउन्टेड फिंगरप्रिन्ट प्रविधि, एआई ड्यूल क्यामरा जस्ता फिचरहरु आकर्षक डिजाईनको साथमा रहेको छ ।”

यो फोनमा शक्तिशाली एआई डुअल रियर क्यामराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउँछ । फेस ब्युटी र फिल्टर्स लगायत विविध फिचरहरुबाट उक्त क्यामरा समर्थित छ । फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ । त्यसैगरि फोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।

भिभो वाई १२एस स्मार्टफोनमा ६.५१ इन्चको एचडी प्लस आईपीएस एलसीडी प्यानल राखिएको छ । यसमा राखिएको आई प्रोटेक्सन मोड जुन सक्रिय हुँदा हानिकारक निलो बत्तीलाई फिल्टर गरि प्रयोगकर्ताहरुको आँखामा तनाव हुनबाट जोगाउँछ ।

साथै यो फोनमा मिडियाटेक हेलियो पी ३५ प्रोसेसर, ३ जीबी र्‍याम तथा ३२ जीबी आन्तरिक स्टोरेज दिइएको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डको सहयोगमा विस्तार गर्न सकिन्छ ।

साथै यो फोन एन्ड्रोइड १० मा आधारित फनटचओएस ११ मा संचालन हुन्छ ।

भिभो वाई १२ एसमा कनेक्टिभिटीका लागि फोरजी भीओएलटीई, वाईफाई, जीपीएस, ब्लुटुथ भर्सन ५.० र ३.५ एमएम हेडफोन ज्याक जस्ता कनेक्टिभिटी फिचर रहेका छन् ।

यसका साथै यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री समेत राखिएको छ । जसले गेम खेल्दा ८.९ घण्टा तथा मूभी हेर्दा १६.३ घण्टासम्मको ब्याकअप दिने कम्पनीले उल्लेख गरेको छ ।

फ्यान्टम् ब्ल्याक र ग्लेसियर ब्लु कलर अप्सनमा उपलब्ध यो फोनको मूल्य १७,९९९ रूपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: २ फाल्गुन २०७७, आईतवार

Loading...