Technology Khabar २ फाल्गुन २०७७, आईतवार
राजधानीबाट नजिकैको दोलखाबाट डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतको स्मार्ट जिल्ला निर्माण कार्य शुभारम्भ भएको छ।
इन्टरनेटको माध्यमबाट नागरिकलाई पेपरलेस र फेसलेस सेवा प्रदान गर्ने उद्देश्यले सरकको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शनिबार सदरमुकाम चरिकोटको एक कार्यक्रम मार्फत स्मार्ट दोलखा निर्माण कार्य शुभारम्भ भएको घोषणा गरे ।
उनले भीमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवीन लामालाई भिडियो र डाटा सेवा सञ्चालन गर्न सकिने एफटीटीएच राउटर हस्तान्तर गरी स्मार्ट जिल्ला निर्माण कार्यको शुभारम्भ गरेका हुन्।
“यहाँका पालिका केन्द्र, वडा कार्यलय, स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयमा सूचना प्रविधिको माध्यमबाट पेपरलेस र फेसलेस सेवा प्रदान गर्न कार्यक्रम अघि बढेको छ ।” उनले भने, “अब तोकिएका कार्यलय र संस्थाबाट डिजिटलका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक पर्ने सूचना प्रविधिसम्बन्धी व्यवस्था तथा इन्टरनेट कनेक्सनको माध्यमबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।”
जिल्लाको ९ वटा पालिका केन्द्र, ७४ वटा वडा कार्यलय, ५७ वटा स्वास्थ्य संस्था र एक सय ३६ सामुदायिक विद्यालयमा फागुन महिनाभित्रै इन्टरनेटको व्यवस्था गरी डिजिटल सेवा सञ्चालन हुनेछ ।
डिजिटल नेपाल फ्रेमवर्कलाई सरकारले गेम चेन्जर योजनका रुपमा लिएको उल्लेख गर्दै उहाँले देशका दुर्गम र सुगम ठाउँको दूरी घटाएर नगरिकमा सबै भूभाग महत्वपूर्ण रहेको आभास दिलाउन कार्यक्रम ल्याइएको बताए ।
दोलखाका सबै ठाउँमा अप्टिकल फाइबर मार्फत इन्टरनेट तथा टेलिफोन सेवा उपलब्ध गराउने र अप्टिकल फाइबर सम्भन नहुने ठाउँमा वायरलेस ब्रोड ब्यान्ड मार्फत इन्टरनेट सेवा उपल्ब गर्न सकिने नेपाल टेलिकममा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।
सरकारले चालु वर्षभित्र सबै पालिकाहरुमा द्रूत गतिको इन्टरनेत सेवा पुयाउने लक्ष्य राखेकोले हाल सोही अनुरुप कार्य अघि बढेको उनले बताए ।
इन्टरनेट जडान तथा उपकार खरिदका लागि एक पालिका केन्द्र र वडा कार्यलयमा ७२ हजार, एक स्वास्थ्य कार्यलयमा एक लाख दुई हजार, एक माध्यमिक विद्यालयमा तीन लाख १७ हजार र एक प्राथमिक विद्यालयमा दुई लाख १७ हजार रुपियाँसम्म खर्च लाग्ने अनुमान नेपाल टेलिकमले गरेको छ ।
तर इन्टरनेट सेवा भने एक वर्षसम्म निशुल्क हुने प्रबन्ध निर्देशक अधिकारीले बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि प्रसाद बस्याल,नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले डिजिटल नेपालको बारेमा धारणा राखेका थिए। आजको गोरखापत्रबाट
प्रकाशित: २ फाल्गुन २०७७, आईतवार