बाइटडान्सले टिकटकको भारतीय व्यवसाय बेच्दै, प्रतिस्पर्धी ग्लान्ससँग कुराकानी हुँदै

Technology Khabar २ फाल्गुन २०७७, आईतवार

बाइटडान्सले टिकटकको भारतीय व्यवसाय बेच्दै, प्रतिस्पर्धी ग्लान्ससँग कुराकानी हुँदै
Classic Tech

भारतमा गत वर्षदेखि  प्रतिबन्ध लगाइएको छोटो भिडियो साझेदारी एप टिकटकले अब भारतीय व्यवसाय बेच्ने विचार गरिरहेको छ। ब्लूमबर्गको रिपोर्टका अनुसार, चीनको बाइटडान्सले टिकटकको भारतीय अपरेसन आफ्नो प्रतिद्वन्द्वी ग्लान्सलाई बेच्ने विचार गरिरहेको छ।

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स हो।

सो विषयको जानकारी भएका व्यक्तिहरूका अनुसार जापानको सफ्टब्यांक समूह कर्पोरेशनले टिकटक भारतको बिक्रीका लागि वार्ता सुरु गरेको छ।

वास्तवमा, सफ्टब्यांकको शेयर लगानी ग्लान्सको प्यारेन्ट कम्पनी इनमोबी र टिकटकको प्यारेन्ट कम्पनी बाइन्डान्स दुबैमा छ। यद्यपि सफ्टब्यांक र बाइटडान्सले यस मामिलामा पठाईएको ईमेलको जवाफ दिएनन्।

रिपोर्टका अनुसार सफ्टब्यांकले टिकटकको भारतीय सम्पत्ति बचाउन कोशिस गर्दैछ र स्थानीय पार्टनर खोज्दैछ। यदि सम्झौता समाप्त भयो भने यो भारतीय अधिकारीहरुद्वारा अनुमोदन गर्नुपर्ने हुन्छ। र भारतले सो सम्झौतालाई स्वीकृती दिनसक्ने बताईएको छ ।

यसका साथै अर्कोतर्फ टेक्नोलोजीको निर्यातमा चीनको नयाँ नियमका कारण टिकटकको बिक्रीका लागि चीनको अधिकारीहरु समेतको स्वीकृति लिनु पर्नेछ। जसका कारण सो किनबेच थप जटिल हुनसक्ने अनुमान गरिएको छ ।

डिजिटल एक्सपेरिएन्स एक मोबाइल सामाग्री प्लेटफर्म हो, जसलाई हार्वर्ड बिजनेस स्कूलको एक छात्र नवीन तिवारीले शुरु गरेका हुन्। उनी भारतको पहिलो यूनिकर्न इनमोबीका संस्थापक हुन्। टिकटकमा प्रतिबन्ध लगाएपछि ग्लान्सको २० महिना पुरानो छोटो भिडियो प्लेटफर्म रोपोस लोकप्रिय हुँदै गइरहेको छ।

सन् २०२०मा भारतले चीनसँगको सिमा विवादपछि चरणबद्धरुपमा १०० भन्दा बढि चिनियाँ एपहरुमा प्रतिबन्ध लगाईसकेको छ ।

TK Viber

प्रकाशित: २ फाल्गुन २०७७, आईतवार

Loading...