एनएमबि बैंकको क्यूआर कोड भुक्तानी सेवा बिर्तामोड कृषि बजार क्षेत्रमा

Technology Khabar १ फाल्गुन २०७७, शनिबार

एनएमबि बैंकको क्यूआर कोड भुक्तानी सेवा बिर्तामोड कृषि बजार क्षेत्रमा

काठमाडौं ।

एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजार क्षेत्रमा क्यूआर कोड मार्फत नगदरहित भुक्तानीको शुरूवात गरेको छ ।

विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्वमा एक कार्यक्रम आयोजना गरी बैंकले क्यूआर कोडको शुरूवात गरेको हो ।

नेपाल राष्ट्र बैंकको क्यूआर भुक्तानी कारोबार प्रबर्द्धन गर्ने नीतिअनुसार एनएमबि बैंकले सो बजारमा क्युआर कोड सेवाका लागि सहजीकरण गरेको हो। कृषि बजारका सबै व्यवसायीलाई क्युआर कोड उपलब्ध गराइएको छ।

कार्यक्रममा प्रमुख अतिथि विर्तामोड नपा बडा नं ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, विशिष्ट अतिथि एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Global Bank
easy care

प्रकाशित: १ फाल्गुन २०७७, शनिबार

ताजा समाचार