फक्सवागनले क्लाउडमा आधारित स्वचालित कार बनाउन माइक्रोसफ्टसँग सहकार्य गर्ने

Technology Khabar १ फाल्गुन २०७७, शनिबार

फक्सवागनले क्लाउडमा आधारित स्वचालित कार बनाउन माइक्रोसफ्टसँग सहकार्य गर्ने

काठमाडौं ।

फक्सवागन ग्रुपले स्वचालित कार बनाउनका लागी माइक्रोसफ्टसँग सहकार्य गर्ने भएको छ । यसका साथमा कम्पनीले माइक्रोसफ्टसँग अटोमेटेड ड्राइभिङ्ग प्लेटफर्म समेत विकास गर्ने भएको हो ।

माइक्रोसफ्टसँग सहकार्य गर्दा स्वचालित कार निर्माणको प्रक्रिया अझै चाँडो हुने कम्पनीको विश्वास रहेको छ ।

यो भन्दा अघि पनि कम्पनीले कनेक्टेड कारका लागी क्लाउड कम्प्युटिङ गर्न माइक्रोसफ्टकै सहयोग लिएको थियो ।

फक्सवागनले माइक्रोसफ्टको एजुर क्लाउड कम्प्युटिङलाई स्वचालित ड्राइभिङ उपकरणसँग मिलाएर अटोमेटेड ड्राइभिङ प्लेटफर्म बनाउने लक्ष्य राखेको छ ।

फक्सवागनले डिजिटल मोबिलीटीका लागी नयाँ प्रयत्नहरु गरिरहेको छ । गत साल देखि कम्पनीले कार सफ्टवेयर युनिटको मद्दतले आफ्नै भीडब्लुओएस अपरेटिङ सिस्टम बनाइरहेको छ ।

त्यही पनि कम्पनीले पूर्ण रुपले अटोमेटेड कार बनाउन अझै पनि केही समय लाग्ने अनुमान लगाइएको छ ।

सेल्फ ड्राइभिङ टेक बनाउन धेरै मात्रामा डाटा व्यवस्थापन गर्नुपर्ने हुँदा फक्सवागनलाई माइक्रोसफ्टको कम्प्युटेसन, एआई र डेटा व्यवस्थापनमा सहयोग चाहिएको हो ।

एडीपीले विकास चक्रलाई महिनादेखि हप्तामा कम गर्न मद्दत गर्दछ र डाटाको ठूलो मात्रामा कुशलतापूर्वक व्यवस्थापन गर्दछ। कम्पनीहरूले तुरून्त एडीपीमा काम गर्न सुरु गर्नेछन् र विकास प्लेटफर्मको कार्यात्मक दायरा निरन्तर विस्तार गर्न खोजिरहेका छन्। एजेन्सी

easy care

प्रकाशित: १ फाल्गुन २०७७, शनिबार