Technology Khabar १ फाल्गुन २०७७, शनिबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आफ्नो जिल्लामा इन्टरनेट महंगो भएको कारण आफू सञ्चारमन्त्री भएपछि मात्र थाहा पाएको बताएका छन् ।
उनले आज स्मार्ट दोलखाको शुभारम्भ गर्दै दोलखामा भिस्याटमार्फत इन्टरनेट सेवा उपलब्ध गराएको कारण महंगो भएको बताए ।
उनले भुकम्प गएपछिको अवस्थामा दोलखामा भिस्याटमार्फत इन्टरनेट सेवा उपलब्ध गराउँदा महंगो इन्टरनेट उपभोग गर्न बाध्य भएको गुनासो गरेका हुन् ।
उनले मर्कन्टायल कम्युनिकेसन्स प्रालिले पाएको सो टेण्डरमा भिस्याट मार्फत इन्टरनेट दिएको भएपनि अबभने फाइबरमार्फत इन्टरनेट सेवा उपलब्ध गराउने कार्य शुरु भईसकेको भन्दै राजमार्गमार्फत अप्टिकल फाइबर काठमाडौंबाट दोलखामा जोडिने जानकारी दिए ।
यसका साथै उनले डिजिटल नेपाल फ्रेमवर्क अन्तरगत स्मार्ट दोलखा अभियानको शुरुवात भएको भन्दै हरेक विद्यालय गाउँ र नगरलाई स्मार्ट र प्रविधि मैत्री बनाउने बताएका थिए ।
यसअघि मन्त्रालयले आयोजना गरेको छलफल कार्यक्रममा पनि सञ्चारमन्त्री गुरुङले मर्कन्टायल कम्युनिकेसन्सको नामै तोकेर आफ्नो गृह जिल्ला दोलखामा नै गुणस्तरहिन इन्टरनेट सेवा रहेको भन्दै असन्तुष्टि जनाएका थिए ।
प्रकाशित: १ फाल्गुन २०७७, शनिबार