एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

Technology Khabar १ फाल्गुन २०७७, शनिबार

एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध
स्याङ्गजामा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो

काठमाडौं ।

जाजरकोटमा झन्डै एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा लाभग्राही मर्कामा परेका छन् ।

सूचना तथा सञ्चारबाट पछाडि परेको जाजरकोटमा हल्का वर्षासँगै परेको चट्याङले मछाइनामा रहेको टेलिफोन टावरमा क्षति पुगेपछि चार दिनदेखि सेवा अवरुद्ध भएको हो ।

रातामाटाबाट जाजरकोटको मछाइनाको टावरमा लिङ्क दिने उपकरण चट्याङले नष्ट गरपछि बारेकोट, शिवालय, जुनीचाँदे, कुशे गाउँपलिका, छेडागाड र नलगाड नगरपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छध्रसेवा अवरुद्ध हुँदा गाउँदेखि बाहिर रहेका आफन्तलाई फोन सम्पर्क गर्न नपाएको स्थानीयवासीले बताएका छन् ।

नलगाड नगरपालिका –१२ का तेजबहादुर विक सञ्चार सम्पर्क नहुँदा आफ्नो व्यवसायमा असर परको बताए । उनले छिटो सञ्चार सेवा सञ्चालन गर्न पनि माग गरे ।

बारेकोट गाउँपालिका–४, मुल्सामका महेन्द्र रोकायाले टेलिफोन सेवा अवरुद्ध हुँदा सञ्चारविहीन भएको बताए । जुनीचाँदे, बारेकोट, कुशे, शिवालय र छेडागाड नगरपालिकाका बासिन्दा गाउँभन्दा टाढा रहेका सदस्यसँग कुरा गर्न कयौँ घण्टा हिँडेर अग्ला रुख तथा डाँडामा चढेर सम्पर्क गर्नुपर्ने बाध्यता छ । त्यसमाथि चट्याङले टावरमा क्षति पुर्याएपछि छ वटा पालिकाका बासिन्दा पूर्ण रूपमा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

नेपाल टेलिकम जाजरकोटका कर्मचारी लोकेन्द्र भण्डारीले मालिकाको मछाइनामा रहेको टावरमा क्षति भएपछि मर्मतको काम जारी राखेको बताए । आवश्यक सामग्री नल्याएका कारण मर्मत कार्य भने अझै केही दिन ढिला हुने उनले जानकारी दिए । ती सामग्री शनिबारसम्म आइपुग्ने पनि उनको भनाइ छ । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: १ फाल्गुन २०७७, शनिबार