महिलाको लागि डेटिङ्ग एप कि सीईओ विश्वकै सबैभन्दा कान्छी अर्बपति महिला

Technology Khabar १ फाल्गुन २०७७, शनिबार

महिलाको लागि डेटिङ्ग एप कि सीईओ विश्वकै सबैभन्दा कान्छी अर्बपति महिला
Classic Tech

अनलाइन डेटिङ्ग एप बम्बलकी संस्थापक र सीईओ ह्विटनी वोल्फ हर्ड विश्वकै सबैभन्दा कान्छी अर्बपति महिला भएकि छिन् । उनको अनलाइनमार्फत डेटिङ्ग गराउने प्लेटफर्मको सेयर सार्वजनिक गरेसँगै ३१ वर्षिय उनी विश्वको सबैभन्दा कान्छी महिला अर्बपति बनेकि हुन्।

बिहीबार फेब्रुअरी ११ मा, यो अमेरिकी बजारमा सूचीबद्ध गरिएको दोस्रो ठूलो डेटिङ्ग एप कम्पनी बन्यो। ह्विटनी वोल्फ हर्ड कम्पनीमा १२ प्रतिशतको हिस्साका साथै एकैपटक सबैभन्दा कान्छो अर्बपति भएकी हुन् ।

यसका साथै उनी आफ्नै परिश्रमले बनेकी अर्बपति समेत बनेकि छिन् ।

प्राथमिक सेयर जारी गरेसँगै कम्पनीको बजार मूल्य १३ अर्ब डलर भन्दा माथि पुगेको छ । बम्बलको शेयर अमेरिकी स्टक एक्सचेन्ज नास्डाकमा यसको जारी मूल्यको ७६।७८ प्रतिशत प्रिमियममा सूचीबद्ध गरिएको छ।

कम्पनीको स्टक यसको लिस्टिङ्ग दिनमा ७६ डलरको शेयर मूल्यमा खुलेको छ, जबकि आईपीओमा यसको जारी मूल्य ४३ डलर मात्र थियो। यो बम्पर लिस्टिङ्गको साथ कम्पनीको बजार मूल्याङ्कन १३ अर्ब डलर भन्दा बढी पुगेको छ ।

ह्विटनी वोल्फ हर्ड पहिले बम्बलको प्रतिस्पर्धी टिण्डरकी को-फाउण्डर थिईन् । तर उनले यौन हिंसा भएको भन्दै कम्पनी छोडेकी थिईन् । सन् २०१४ मा आफ्नै कम्पनी बम्बल खोलेकी थिईन्।

सन् २०१९ मा ब्ल्याकस्टोन इंकले ३ अर्ब डलरमा यसको प्रमुख शेयर किनेको थियो र त्यसपछि पनि उनी यसमा सिईओ भईरहिन् ।

बम्बल एक डेटिङ्ग एप हो जसमा महिलाले पहिले अग्रसरता लिन्छन र कोसँग डेट गर्ने छनौट गर्दछन्। बम्बलका विश्वव्यापी मासिक ४ करोड भन्दा बढी सक्रिय उपयोगकर्ताहरू छन्। त्यहाँ २५ लाख भन्दा बढी भुक्तानी गर्ने सक्रिय प्रयोगकर्ताहरू छन्, जसले यसको सेवाहरूको लागि भुक्तान गर्छन्।

यो कम्पनी विश्वका १५० भन्दा बढी देशहरूमा फैलिएको छ र यसले प्रत्येक भुक्तानी गर्ने प्रयोगकर्ताबाट औसत २६।८४ डलर आम्दानी प्राप्त गर्दछ। बम्बल बाहेक, कम्पनीले बादू(Badoo) एप पनि चलाउँछ।

TK Viber

प्रकाशित: १ फाल्गुन २०७७, शनिबार

Loading...