‘रग्ड’ फोन निर्माता बुलिट ग्रुपसँग मोटोरोलाको सम्झौता, मोटो ब्राण्डका रग्ड फोनहरू ल्याउने

Technology Khabar ३० माघ २०७७, शुक्रबार

‘रग्ड’ फोन निर्माता बुलिट ग्रुपसँग मोटोरोलाको सम्झौता, मोटो ब्राण्डका रग्ड फोनहरू ल्याउने

काठमाडौं ।

रग्ड फोन निर्माता बुलिट ग्रुप, जसले क्याट, कोडाक र ल्याण्ड रोभर स्मार्टफोन ब्रान्डको अधिकार राख्दछ सो कम्पनीले मोटोरोलासँग दीर्घकालीन ब्राण्ड साझेदारी सम्झौतामा सहमति जनाएको छ।

बेलायतमा आधारित कम्पनीले मोटो-ब्रांडेड रग्ड फोनहरू विकास र मार्केट गर्ने छ जुन ड्रप-प्रूफ र शकप्रूफ हुने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

बुलिट ग्रुपले २००९ रग्ड स्मार्टफोन क्षेत्रको लागि यात्रा सुरु गर्‍यो र हाल कम्पनीले विश्वभरि ५० भन्दा बढी बजारमा यसको क्याट र ल्याण्ड रोभर-लाइसेन्स प्राप्त स्मार्टफोनको आफैंले डिजाइन, निर्माण र वितरण गर्ने जीएसएमएरेनाले उल्लेख गरेको छ।

सन् २०१६- २०१७ को अवधिमा मोटोरोलाको ड्रप-प्रतिरोधी फोनहरू र शटरप्रूफ स्क्रिनहरूमा आफ्नै मोटो जेड फोर्स र मोटो जेड २ फोर्स थियो। पहिलो मोटो ब्रान्डेड रग्ड फोनका बारे अधिक जानकारी यस क्वाटरको अन्त्यमा देखा पर्नेछ।

easy care

प्रकाशित: ३० माघ २०७७, शुक्रबार