सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिकाले प्रेस स्वतन्त्रतालाई असर नपर्ने सञ्चारमन्त्री गुरुङको दाबी

Technology Khabar ३० माघ २०७७, शुक्रबार

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिकाले प्रेस स्वतन्त्रतालाई असर नपर्ने सञ्चारमन्त्री गुरुङको दाबी
फाइल फोटो

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको दाबी गरेका छन्।

मन्त्री गुरुङले आफ्नो गृह जिल्लाको एक कार्यक्रममा सामाजिक सञ्जाललाई नियमन गर्न मात्र सो निर्देशिका ल्याउने बताएका हुन् ।

उनले दोलखाली पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा शुक्रबार बोल्दै सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको स्पष्टिकरण दिए। यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उनको भनाई थियो।

“सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो । प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो”, मन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले फेसबुक, ट्विटर, युट्युब, भाइबर, टिकटकलगायतका सामाजिक सञ्जाल नेपालभित्र अनिवार्य रूपमा दर्ता गर्ने व्यवस्था भएमा हिंसा, अपराधका घटनाहरुमा कमी आउने उद्देश्यले मात्र नियमन गर्नेगरि निर्देशिकाको विषयमा छलफल भईरहेको स्पष्ट पारे ।

यसैबिच मुलुकलाई सूचना प्रविधिको हिसावले स्मार्ट सिटी बनाउने उद्देश्यका साथ बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार शनिबार दोलखाबाट सो अभियान शुरु गर्ने नीतिगत निर्णय गरेकोसमेत उनले जानकारी दिए।

Global Bank
easy care

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

ताजा समाचार