जोन्टाक्लब काठमाडौंले ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्यापटप दियो

Technology Khabar ३० माघ २०७७, शुक्रबार

जोन्टाक्लब काठमाडौंले ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्यापटप दियो

काठमाडौं ।

काठमाडौँको जोन्टा क्लबले केटीहरु र महिला हिंसामा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पुर्याउने हिसाबले ११ फेब्रुअरी २०२१ माल लितपुर महानगरपालिका, जावलाखेलमा ४ वटा डेस्कटप र २ वटा ल्यापटप प्रदानगरेको हो ।

जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमा जोन्टा क्लब अफ काठमाडौँ जेडएनका जोन्टा क्लबकी अध्यक्ष सीमा गोल्छाले ललितपुर महानगरपालिकाकी एसएसपी किरण बज्राचार्यलाई ल्याप्टपहरु हस्तान्तरण गरिन् ।

लक्ष्मी बैँकले(२ वटा डेस्कटप), दया फाउन्डेसनले (१ वटा ल्यापटप), ज्योति समूहले (१ वटा डेस्कटप), गोल्छा समूहले (१ वटा डेस्कटप),संस्कृत विद्यालयले (१ वटा ल्यापटप) गरी जम्मा ६ वटा कम्प्युटरहरु प्रदान गरेका थिए।

सो अवसरमा एस.एस.पी किरण बज्राचार्यले भनिन् ,’ललितपुर मेट्रोपोलिटन प्रहरी हेल्पलाइन १०० लाई कलहरु कुशलतापूर्वक व्यवस्थापन गर्न र पीडितलाई सहयोग पुर्याउन प्राविधिक स्रोतको कमी पर्दै आएको थियो। कल र गुनासोहरु नोटमा म्यानुअल रुपमा रेकर्ड गरिन्थ्यो । र केसहरु अनुसन्धान गर्न सक्षम भएका थिएनन्। थप कम्प्युटरहरुको सहयोगले १०० मा डायल गरी हामी नागरिकहरुलाई उनीहरुको गुनासोको लागि मदत गर्न, कलहरु प्रबन्ध गर्न र ट्रयाक गर्न सक्षम हुनेछौं ।’

अध्यक्ष सीमा गोल्छाले भनिन्, ‘हेल्पलाइनमार्फत महिलालाई सहयोग पुर्याउन र यस साझेदारीको लागि हाम्रो वकालत वकिलको टोलीको परामर्श मार्फत मुद्दाहरु सुल्झाउनका लागि हामी यी कम्प्युटरहरु उपलब्ध गराउन कृतज्ञ छौँ। हामी थप महिलाहरुलाई समर्थन गर्ने र उनीहरुलाई सशक्तिकरण गर्ने आशा गर्दछौँ।’

easy care

प्रकाशित: ३० माघ २०७७, शुक्रबार