रियलमी स्मार्टफोन ब्राण्डले ल्यायो भ्यालेन्टिन लक्षित ‘रियलमी’ गिफ्ट आइटम

Technology Khabar ३० माघ २०७७, शुक्रबार

रियलमी स्मार्टफोन ब्राण्डले ल्यायो भ्यालेन्टिन लक्षित ‘रियलमी’ गिफ्ट आइटम
Classic Tech

प्रेमकालागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’ को अवसर पारेर ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टिन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ । रियलमी एआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइल फोनसँग लिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।

रियलमी ब्यान्ड
हरेक व्यक्ति शारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्य व्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारिरीक पर्फमेन्स पनि उत्तिकै महत्वपूर्ण हुन्छ । रियलमीआफ्ना ग्राहकलाई फिट देखाउनका लागि सदा तत्पर छ । रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथा धूलोमा खसेमा पनि केही बिग्रिदैन ।

रियलमी बड्स एयर

हुनसक्छ तपाईँ कुनै न कुनै समयमअआफ्नो पार्टनरसँग संगीतका कारण जोडिनुभएको छ, हुनसक्छ तपाईँको पार्टनरलाई संगीत मन पर्छ । त्यसो हो भने भने तपाईँ आफैले सेलेक्ट गरेर पठाएको संगीत उत्कृष्ट हुनसक्छ । तर योभन्दा बडिया तपाईँको पार्टनरले पनि तपाईँकै जस्तै अनुभूति गरिरहेको थाहापाउँदा हुन्छ । रियलमी उत्कृष्ट ट्रू वाइरलेस स्टेरियो (टीडब्लूएस)को विशेषता पनि यसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्रामतौलका साथ उपलब्ध रहेको छ । एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेबेक म्युजिकका रुपमा काम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् ।

रियलमी घडी ‘वाचएस’
‘रियलमी वाचएस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै कामसहित अन्य फिचर्सहरु पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाईको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्र नभए बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवा दिएको छ । यसको डिस्प्लेमा अमेरिकी ग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्लाग्लास प्रयोग गरिएको छ । आईपी६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिदैन । कम्पनीले यस घडीमा १०० भिन्नप्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । रियलमीगुगलसँग घडीलाई लिंक गरेर फोनअनुसारको आफ्नो तालीकासँग जोडेर त्यस अनुसारको सम यतालीका यसमा निर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमाआएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्दछ।

TK Viber

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

Loading...