नेपाल टेलिकमको सेवा बापत हुने त्रैमासिक आयमा सुधार हुँदै, कुल आम्दानी २० अर्ब ५९ करोड पुग्यो

Technology Khabar ३० माघ २०७७, शुक्रबार

नेपाल टेलिकमको सेवा बापत हुने त्रैमासिक आयमा सुधार हुँदै, कुल आम्दानी २० अर्ब ५९ करोड पुग्यो
फाइल
Classic Tech

नेपाल टेलिकमको आम्दानीमा सुधार भएको छ । कोरोना महामारीपछिको अवस्थामा पनि सरकारी कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको पहिलो र दोस्रो त्रैमासको आधारमा सेवा बापतको आयमा सुधार आएको देखिएको हो।

टेलिकमको आज सार्वजनिक वित्तिय बिबरणअनुसार चालु आवको पहिलो त्रैमासिकमा कुल सेवा वापतको आय रकम ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ रुपैयाँ रहेकोमा चालु आवको द्धितिय त्रैमासिकमा सो रकममा वृद्धि भएको देखिएको छ।

कम्पनीले दोस्रो त्रैमासमा ४५ करोड ४२ लाख ३३ हजार ४२१ रुपैयाँले आम्दानी वृद्धि गर्न सफल भएको छ जसले गर्दा दोस्रो त्रैमासमा टेलिकमले सेवा बापत हुने आय ९ अर्ब ८ करोड ९५ लाख ७४ हजार ४६२ रुपैयाँ पुर्याएको छ।

यसका साथै कम्पनीले गत आवको दोस्रो त्रैमासको अवधिको तुलनामा समेत चालु आवको दोस्रो त्रैमासमा सेवा बापतको आम्दानीमा सुधार गर्न सकेको छ । कम्पनीको गत आवको दोस्रो त्रैमासमा सेवा बापतको आय ८ अर्ब ९९ करोड ८७ लाख २९ हजार २९९ रुपैयाँ रहेकोमा सो आम्दानीको तुलनामा चालु आवको दोस्रो त्रैमासमा त्यस्तो आम्दानीमा ९ करोड ८ लाख ४४ हजार १६२ रुपैयाँले बढाउँदै ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४६२ रुपैयाँ पुर्याएको छ।

कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै चालु आवको पहिलो त्रैमासमा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ ३८१ रुपैयाँ रहेकोमा चालु आवको दोस्रो त्रैमासिक अवधिमा खुद मुनाफा २५ करोड ३८ लाख ५५ हजार ६९७ रुपैयाँले बढेर १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ रहेको देखिएको छ।

कम्पनीको त्रैमासिक आम्दानीहरुमा देखिने गरि वृद्धि भएपनि अर्ध वार्षिक आम्दानीमा भने कमी आएको छ । जसले गर्दा चालु आवको अर्ध वार्षिकमा कुल सेवा बापतको आयमा १.७४ प्रतिशतले कमी आएको देखिएको छ । यो रकम भनेको १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार ५०३ रुपैयाँ हो।

अर्को तर्फ खुद नाफामा भने टेलिकम समस्यामा परेको देखिएको छ। बिबरणअनुसार, गत वर्षको अर्ध वार्षिकको तुलनामा चालु आवको अर्ध वार्षिकमा खुद नाफा घटेर ३ अर्ब २९ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको पुसमा नाफा ४ अर्ब ९४ करोड रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी भने २० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

पहिलो अर्ध वार्षिकको आम्दानीमा कमी आउनुमा कोभिड १९ को महामारीको असरका कारण्ण विश्वभर टेलिकम सेवाहरुको प्रयोगमा कमी आउनु रहेको छ भने सरकारी निर्देशनमा नेपाल टेलिकमले सो समयमा ग्राहकहरुका लागि छुट र न्यून मूल्यमा डाटा प्याकहरु उपलब्ध गराउनु कारक रहेको छ ।

कम्पनीले सस्तो मूल्यमा डाटा प्याक उपलब्ध गराउँदा त्यसको असर स्वरुपमा कम्पनीको अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा डाटाको खपत बढेपनि आम्दानीमा भने कमी आएको देखिएको छ।

पछिल्लो दिनहरुमा विश्वभर कयौं मुलुकहरुमा पुनः भएको लकडाउन र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावटका कारण पनि नेपाल टेलिकमको पहिलो अर्ध वार्षिकको आम्दानी खुम्चिएको टेलिकमले उल्लेख गरेको छ।

TK Viber

प्रकाशित: ३० माघ २०७७, शुक्रबार

Loading...