एप्पलले एआर र भीआर डिभाइसको लागि ओएलईडी प्यानल बनाउन टिएसएमसीसँग सहकार्य गर्दै

Technology Khabar २९ माघ २०७७, बिहीबार

एप्पलले एआर र भीआर डिभाइसको लागि ओएलईडी प्यानल बनाउन टिएसएमसीसँग सहकार्य गर्दै
Classic Tech

एप्पल र ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चर कम्पनी (टिएसएमसी) दुबै एडभान्ड ओएलईडी डिस्प्लेहरूमा काम गरिरहेका छन् जून यसको चर्चामा रहेको एआर र भीआर डिभाइसहरुको लागि भएको बताईएको छ ।

हालै निकाई एशियाको एक रिपोर्टले क्यालिफोर्नियामा आधारित टेक जायन्ट माइक्रो ओएलईडी डिस्प्ले तयार पार्ने योजनामा रहेको उल्लेख गरेको छ । जसअनुसार हार्डवेयर हाल एप्पलको कार्यालय लंङ्गटान साइन्स पार्कमा परीक्षण चरणमा छ, जुन सो क्षेत्रको टिएसएमसी परीक्षण प्लान्ट नजिक छ।

यस रिपोर्टबाट महत्वपूर्ण दुई विषयहरु बाहिर आएका छन् । जसमा सबैभन्दा पहिला, ओएलईडी प्यानलहरू टिएसएमसीको हालैको चिप उत्पादन उपकरण प्रयोग गरेर नै निर्माण गरिनेछन् र कुनै ठूलो अनुसन्धान तथा विकासको लागि लगानीको आवश्यकता पर्दैन। दोस्रो, ओएलईडी डिस्प्लेहरू सुधार गरिएको दक्षता र केही आन्तरिक ठाउँ बचत गर्नका लागि चिपमा सिधै एकीकृत गर्न सकिनेछ । र अन्तमा, एप्पलले कथित रूपमा १ इन्चको डिस्प्लेमा काम गर्न यसअघि नै डिस्प्ले निर्माता एयू अप्ट्रोनिक्सबाट शीर्ष ट्यालेन्टलाई ल्याईसकेको छ ।

TK Viber

प्रकाशित: २९ माघ २०७७, बिहीबार

Loading...