इन्स्टाग्रामको डाइरेक्ट मेसेजमार्फत दुर्व्यवहार गरे एकाउन्ट नै ब्लक हुने

Technology Khabar २९ माघ २०७७, बिहीबार

इन्स्टाग्रामको डाइरेक्ट मेसेजमार्फत दुर्व्यवहार गरे एकाउन्ट नै ब्लक हुने

काठमाडौं ।

सामाजिक सञ्जाल इन्स्टाग्रामले अब डाइरेक्ट मेसेजको मामलामा कडाई गर्ने भएको छ । इन्स्टाग्रामले ती यूजर्सको एकाउन्ट बन्द गर्दैछ जसले पटक पटक मेसेजमा अरु प्रयोकर्ताहरुलाई अभद्र भाषाको प्रयोग गरेर दुर्व्यवहार गरेका छन् ।

कम्पनीकाअनुसार अब मेसेजमार्फत् कसैलाई दुर्व्यवहार गरेमा एकाउन्ट नै प्रतिबन्ध हुने भएको छ। इन्स्टाग्रामले कुनैपनि व्यक्तिले सो नियम तोडेको खण्डमा उसको एकाउन्टबाट मेसेज पठाउने सुबिधालाई केहि समयसम्म बन्द गरिनेछ तर यो क्रम जारी रहेमा भने एकाउन्ट नै ब्लक गरिदिने भएको इन्ग्याजेटको रिपोर्टमा उल्लेख छ।

बेलायतमा फुटबल खेलाडीहरुलाई अनलाइनमा दुर्व्यवहार घट्नापछि इन्स्टाग्रामले नयाँ अपडेट ल्याएको हो । सो घट्नामा जातीय कुरा लिएर नराम्रा मेसेजले आक्रमण गरेको उजुरी पाएपछि एपले यो नियम ल्याएको हो।

केही समय अघि इन्स्टाग्रामले कमेन्टमा कसैले नराम्रा कुरा लेखे वा दुर्व्यवहार गरे सो व्यक्तिको कमेन्ट पनि हटाउने र एकाउन्ट पनि प्रतिबन्ध गर्ने फिचर ल्याएको थियो।

अहिले ल्याएको नयाँ फिचरबाट भने प्रयोगकर्ताले मेसेजबाट दुर्व्यवहार गरिएका एकाउन्टको बारेमा रिर्पोट गर्न सक्छन् र ती एकाउन्ट प्रतिबन्ध हुने बताईएको छ।

यसअघि कसैको एकाउन्ट रिर्पोट गर्दा ती एकाउन्टले फेरी मेसेज पठाउन सक्दैन थिए। अब भने पटक पटक सो कार्य गरिएमा एकाउन्ट सिधैँ बन्द हुनेछ ।

यसअघि पनि इन्स्टाग्रामले गएको जुलाई र सेप्टेम्बरको बिचमा त्यस्ता अभद्र भाषा प्रयोग गर्ने र दुर्व्यवहार गर्ने ६५ लाख डाइरेक्६ मेसेजहरुमाथि कारबाही गरेको थियो ।

easy care

प्रकाशित: २९ माघ २०७७, बिहीबार