माछापुच्छ्रे बैंकको मोबाईल वालेट “रेमिट्याप” संचालनमा, डिजिटल भुक्तानीमा सहज गराउने दाबी

Technology Khabar २९ माघ २०७७, बिहीबार

माछापुच्छ्रे बैंकको मोबाईल वालेट “रेमिट्याप” संचालनमा, डिजिटल भुक्तानीमा सहज गराउने दाबी
Classic Tech

माछापुच्छ्रे बैंकले मोवाईल वालेट “रेमिट्याप” संचालन ल्याएको छ । बैंकले बिशेषगरि डिजिटल बैंकिङ्गमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै नयाँ नयाँ सेवा र सुविधाहरु ल्याउने क्रममा वालेटको सुरुवात गरेको हो ।

डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्धेश्यले माछापुच्छ्रे बैंकले आफ्नै मोबाईल वालेट संचालनमा ल्याएको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमा सहज, सुरक्षा र गाउँगाउँमा यसको पहुँच पुर्याउनको लागि रेमिट एपले महत्वपूर्ण काम गर्ने बताए।

रोबष्ट टेक्नोलोजीमा निर्माण भएको रेमिट्याप मोबाईल वालेट सुरक्षित रहेको बैंकले जनाएको छ । प्रयोगकर्तामैत्री भएकाले प्रयोग गर्न सजिलो हुने पनि बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक मात्र नभई अरु बैंकका सेवाग्राहीले पनि सजिलै चलाउन सकिने रेमिट्याप डाउनलोड गरि ग्राहक पहिचान विबरण भर्ने पहिलो १ हजार प्रयोगकर्ताले १०० रुपैंया व्यालेन्स पाउने बैंकले जनाएको छ ।

रेमिट्यापमा नेपालमा यसअघि कुनैपनि वालेटमा नभएका विशेषताहरु भर्चुअल कार्ड सिर्जना गरि उक्त कार्डबाट भुक्तानी गर्ने, साथीलाई उक्त भर्चुअल कार्ड गिफ्ट गर्न सकिने, एउटै एकाउन्टबाट व्यक्तिगत तथा मर्चेन्ट दुवै कारोबार गर्न सकिने, आफ्नो व्यक्तिगत विवरण भिडियो मार्फत अपलोड गर्न सकिने लगायतका नयाँ विशेषताहरु वालेटमा छन् ।

विशेषगरि बिदेशबाट पठाइने रेमिट्यान्स रेमिट्याप वालेटमा पठाउन तथा पाउन उपयोगी हुनेछ । रेमिट्यापले बिदेशको साथै नेपाल भित्र नै एक ठाउबाट उर्को ठाउमा आन्तरिक रेमिट्यान्सको कारोबार गर्न पनि यसले सहज बनाउने छ । यसरी रेमिट्यापबाट पठाएको रेमिट्यान्स देशैभर छरिएका ७ हजार भन्दा बढि एजेन्टहरुबाट तुरुन्तै नगद भुक्तानी लिन सकिनेछ ।

यसबाहेक रेमिट्याप वालेट भित्र अन्य बिभिन्न सेवाहरु खानेपानी, बिजुली, टेलिफोनको बिल तिर्ने लगायतका थुपै विशेषताहरु रहेको बैंकले जनाएको छ।

TK Viber

प्रकाशित: २९ माघ २०७७, बिहीबार

Loading...