भिडियो खेल साइबरपंक २०७७ को निर्माता कम्पनीमा र्यान्समवेयर ह्यक

Technology Khabar २९ माघ २०७७, बिहीबार

भिडियो खेल साइबरपंक २०७७ को निर्माता कम्पनीमा र्यान्समवेयर ह्यक

काठमाडौं ।

लोकप्रिय भिडियो खेल साइबरपंक २०७७ को निर्माता कम्पनी एक र्यान्समवेयर ह्यकिङ्ग आक्रमणमा परेको छ।

साइबरपंक २०७७ को निर्माता सीडी प्रोजेक्ट रेडले भने कि ह्याकर्सले यसको आन्तरिक नेटवर्कको पहुँच लिएका छन्, डिजिटली यसको केही डाटा सर्भरहरू कब्जा गरेर यसलाई ब्ल्याकमेल गर्ने प्रयास गरेको बीबीसीले उल्लेख गरेको छ।

अपराधीहरूले फर्मका धेरै जसो खेलहरूका स्रोर्स कोड चोरी गरेको दाबी गर्छन् जसमा उनीहरूलाई भुक्तान नभएको खण्डमा लीक गरिदिनेछन्।

तर यस घट्नामा पोलिस खेल कम्पनीले वार्ता नगर्ने भनेको छ।

ट्विटरमा एक विज्ञप्तिमा सीडी प्रोजेक्ट रेडले फिरौती नोटको प्रतिलिपि समेत पोस्ट गर्‍यो जसमा ह्याकरहरूद्धारा भनिएको छ कि-‘साइबरपंक २०७७, ग्वेन्ट र वीचर ३ गेमबाट कोड प्रतिलिपि गरेका थिए जसमा पछिल्लो संस्करणको अप्रकाशित संस्करण पनि समावेश छ।’

‘हामीले लेखा, प्रशासन कानूनी, मानव संसाधन, लगानीकर्ता र अन्य धेरै सम्बन्धित सबै कागजातहरू पनि डम्प गरेका छौं’ नोटमा ह्याकरले भनेको छ।

डम्पिङ्गको अर्थ बाह्य स्रोर्समा जानकारी प्रतिलिपि गर्नु हो।

यदि हामी कुनै सम्झौतामा आउँदैनौं भने तपाइँको सोर्स कोडहरू बिक्री हुने छन् वा अनलाइन लीक हुनेछन् र तपाइँको कागजातहरू गेमिङ पत्रकारितामा हाम्रो सम्पर्कमा पठाइनेछ,’ ह्याकरले छोडेको नोट लेखिएको छ । जसमा ४८ घण्टाको समय दिईएको छ ।

अर्को तर्फ ट्विटरमा खेल डेभलपर कम्पनीद्वारा पोष्ट गरिएको एक विज्ञप्तीमा भनिएको छ कि यसले ब्याकअपबाट आफ्नो ‘आईटी इन्फ्रास्ट्रक्चर सुरक्षित गरी डेटा पुनर्स्थापना गर्न सुरु गरेको छ।’

‘हामी मागहरूलाई पुरा गर्दैनौं वा सो एक्टरसँग कुराकानी गर्दैनौं,’ कम्पनीले भनेको छ जसमा कुनै पनि व्यक्तिगत डाटा उल्लंघनमा सम्झौता नगरिएको बताईएकोछ।

कम्पनीले कानूनी निकायहरु र डाटा संरक्षण अधिकारीहरुलाई यस आक्रमणको बारेमा सूचित गरेको छ र यो विषयलाई थप अनुसन्धान गर्ने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २९ माघ २०७७, बिहीबार

ताजा समाचार