Technology Khabar २८ माघ २०७७, बुधबार
कोरोना भाइरसको महामारीसँगै देखापरेको इन्टरनेट, मोबाइल र कम्प्युटरलगायतको माग विश्वभर बढिरहेको छ । तर यसका साथै अर्कोतर्फ आपूर्ति श्रृंखला भने समस्यामा रहेको छ ।
कोरोना महामारीले उब्जाएको डिभाइसहरुमा प्रयोग हुने सेमीकन्डक्टरको अभाव यो वर्ष सम्भावित सबैभन्दा गम्भीर समस्या हो । किनकी सेमीकन्डक्टरको प्रयोग मोबाइल कम्प्युटरदेखि कार र टिभीसम्म सबैको मुटुमा रहेको हुन्छ।
सेमीकन्डक्टरको अभावले अटो र इलेक्ट्रोनिक्स निर्माताहरू आफ्ना उत्पादन गर्नका लागि अझै कुरिरहेका छन् र अहिले टेक जायन्ट एप्पल पनि समस्यामा पर्ने रिपोर्ट आएको छ ।
ब्लूमबर्गकाअनुसार अब एप्पल इंकको आईफोन १२ को उत्पादन पनि चिपसेटको अभावले असर पार्ने भएको छ ।
सबैभन्दा ठूलो चिपसेट उत्पादक मध्येको एक क्वालकम इंकले समेत चिपसेटको अभाव हुने बताईसकेको छ । कम्पनीका प्रमुख क्रिस्टियानो आमोनले अभाव हुने संकेत गरिसकेका छन् र आमोनले हालैका हप्ताहरूमा चेतावनी दिँदै उद्योग लिडरहरूले पनि आफ्ना उत्पादनहरू बनाउन पर्याप्त चिप्स प्राप्त गर्न नसक्ने बताएका छन्।
यसले आईफोन १२ को उत्पादन लगायतलाई समेत असर पार्ने बताईएको छ ।
क्वालकमको प्रमुख ग्राहक एप्पलले भर्खरै भनेका केही नयाँ उच्चस्तरीय आईफोनको बिक्रीमा कम्पोनेन्ट्सको अभावले असर पर्ने बताएको थियो ।
यस बाहेक गेमिङ्ग कन्सोलहरुले पनि चिपसेटको अभाव भोग्नेछन् ।
एएमडीकी सिईओ लिजा सूले यस्तो अभाव सन् २०२१ भरी रहने चेतावनी दिएकी छिन् । एप्पलसँग एक्सक्लुसिभरुपमा चिपसेट लिने क्षमता भएपनि समग्रमा मोबाइल फोन उद्योगले नै समस्या भोग्ने बताईएको छ ।
यसअघि नै कार उद्योगले ६१ अर्ब डलरको बिक्री नोक्सानी गुमाईसकेको छ । एजेन्सीहरुका साथ
प्रकाशित: २८ माघ २०७७, बुधबार